काठमाण्डौं: जर्मनीकी चान्सलर एंजेला मर्केलले मंगलबार देशव्यापी रुपमा लकडाउन बढाइएको घोषणा गरेकी छिन ।
उनको यो घोषणासंगै अब यो महिनाको अन्त्यसम्म जर्मनीको सबै ठाँउमा लकडाउन लागू हुनेछ ।
समाचार एजेन्सी रोयटर्सका अनुसार उनले लकडाउन लम्ब्याउनुका साथै संक्रमणको बढ्दो मामिलालाई मध्यनजर गर्दै नयाँ र कडा प्रतिबन्ध पनि लागू गरेकी छिन् । जसले गर्दा जर्मनी नागरिकहरुमा उनिहरुको जिबन रक्षा होस भन्ने उनको चाहना रहेको बताएकि छिन ।
उनले भनिन्, ‘हामीले मानिसहरुको सम्पर्कलाई थप कडाईका साथ रोक्नुपर्नेछ । हामी सबै नागरिकलाई अन्य व्यक्तिको सम्पर्कमा कमभन्दा कम सम्पर्कमा आउन अपिल गर्छौं ।’ साथै उनले अत्यावश्यक बाहेक कोहीपनि घरबाट ननिस्कन पनि आग्रह गरेकि छिन ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया