असोज ५, २०८३ सोमबार September 21, 2026

केन्द्रिय सदस्य यादवलाई तत्काल रिहा गर्न माग गर्दै सर्लाहीमा राजपाको प्रदर्शन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः राष्ट्रिय जनता पार्टी सर्लाहीले राजपाका केन्द्रिय सदस्य रामबाबु राय यादवलाई अविलम्ब रिहा गर्नुपर्ने माग गर्दै प्रदर्शन गरेको छ ।

चर्को मिटर ब्याजमा ऋण लगानी गरेर सर्वसाधरणलाई ठगी गरेको आरोपमा बुधबार मात्र पक्राउ परेका यादवलाई छाड्न माग गर्दै राजपा सर्लाहीले सदरमुकाम मलंगवामा बिहिबार विरोध प्रदर्शन गरेको हो।

राजपा सर्लाहीका संयोजक सुशिल राय यादवको नेतृत्वमा निस्किएको जुलुसले नगर परिक्रमा गरी जिल्ला प्रशासन कार्यालय सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जीसीलाई ज्ञापनपत्र समेत बुझाएको थियो ।

प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै उनीहरूले आफ्ना केन्द्रीय सदस्यमाथि लागेको झुठो मुद्दा तत्काल खारेज गरी रिहा हुनुपर्ने माग राखेका छन् । आफ्नो नेतालाई अनावश्यक रानीतिक प्रतिशोधले झुटा मुद्दा लगाएर फसाउन लागेको भन्दै नछोडे शुक्रबारबाट आन्दोलन गर्ने राजपा सर्लाहीका संयोजक रायले चेतावनी दिए ।

चर्को मिटर ब्याज लिएर ठगी गरेको आरोप लागेका यादवलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीले सार्वजनिक शान्तिविरुद्धको कसुरमा मुद्दा चलाएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

प्रहरी हिरासतमा रहेका यादवलाई जिल्ला प्रशासन कार्यालय सर्लाहीले १० दिन थुनामा राखेर आवश्यक अनुसन्धान गर्न अनुमति दिएको छ। यादवले बुधबार दिउँसो सुरक्षार्थ खटिएका प्रहरीलाई दुर्व्यहार गरेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विश्व शान्ति दिवस, बिभिन्न कार्यक्रम गरी मनाइदैँ
२०८३ असोज ५, सोमबार
नवलपरासीमा ट्रकको ठक्करबाट १८ महिने बालिकाको मृत्यु, आमा गम्भीर घाइते
२०८३ असोज ५, सोमबार
नेपाली कांग्रेसको वडा अधिवेशन आज पनि जारी रहने, ७३ जिल्लामा सम्पन्न
२०८३ असोज ५, सोमबार
‘प्रहरी कार्यसम्पादन मूल्याङ्कन’ अन्तर्गत मधेश प्रदेश प्रहरी कार्यालयको निरीक्षण
२०८३ असोज ५, सोमबार
एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दै, यस्ता छन् एजेन्डा
२०८३ असोज ५, सोमबार
कंगोमा इबोला भाइरसविरुद्ध स्वास्थ्यकर्मीलाई खोप लगाउन सुरु
२०८३ असोज ५, सोमबार
झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने
२०८३ असोज ५, सोमबार