बैसाख २०, २०८३ आइतबार May 3, 2026

गोगंवुबाट हतियार सहित २ जना समातिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः गोगंवुबाट दुई जना हतियारसहित पक्राउ परेका छन् । कारमा हतियार लुकाइएर ल्याएको अवस्थामा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

धनुषाको गणेशमान चारनाथ नगरपालिका-७ २४ वर्षीष धर्मेन्द्र पासवान र विष्णुपुर गाउँपालिका-६ सिरहाका ४१ वर्षीय दिनेशकुमार साहलाई ६ राउण्ड गोली लाग्ने पेस्तोलसहित प्रहरीले शनिवार पक्राउ गरेको हो ।

पेस्तोल सप्लाइ गर्ने टोली उपत्यका प्रवेश गरेको विशेष सुराकीको आधारमा बा १५ च ७५२६ नम्बरको कारमा चेक जाँच गर्दा पछाडिको सिटमा लुकाएर ल्याएको अवस्थामा उक्त हतियार फेला परेको प्रहरीले जनाएको छ ।

उनीहरु हतियार व्यवसायी भएको र तराइबाट काठमाडौँमा हतियार सप्लाइ गर्ने कार्यमा समेत संलग्न रहेको प्रहरीको अनुमान रहेको छ ।

पक्राउ परेका दुबैजनालाई हिरासतमा लिइ आवश्यक अनुसन्धान शुरू गरेको प्रहरीले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया