काठमाडौं । सर्वोच्च अदालतले पृथ्वीनारायण शाह नेपाली राज्यको स्थापना गर्ने एक महत्वपूर्ण व्यक्ति हुन् भनेर स्वीकार्य भइसकेकाले उनको सम्झना र स्मृतिमा विदा दिने नदिने विषयमा न्यायिक निरुपण हुनुपर्ने ठहर गरेको छ ।
अदालतले बिसे नगर्चीको प्रसंगसमेत कोट्याउँदै संवैधानिक निरुपण भएको जनाएको छ ।
न्यायाधीश हरि फुयालको एकल इजलासले माघ १ गते दिएको आदेशमा पृथ्वीनारायण शाहको सम्झना र स्मृतिमा विदा दिने नदिने भन्ने विषयमा न्यायिक छलफल भई निर्णयमा पुग्नु मनासिव देखिएको उल्लेख गरेको हो ।
आदेशमा पृथ्वीनारायण नेपालको निर्माणको मुख्य अभियानकर्ता भएको र उनको स्मृतिमा पहिले पनि सार्वज्निक विदा दिने गरिएको तथा अहिले पनि नागरिकस्तरबाट स्मृतिका कार्यक्रमहरु सञ्चालन भइरहेको उल्लेख छ ।
उनी नेपाली राज्यको स्थापनाको एक महत्वपूर्ण व्यक्ति हो भन्ने सम्बन्धमा केही आलोचनासहित स्वीकार गरिएको विषय हो भनिएको छ ।
आदेशमा भनिएको छ ‘त्यस्ता आलोचनाहरुमा नेपाल एकीकरण गर्दा जनस्तरबाट भूमिका खेल्ने बिसे नगर्ची जस्ता व्यक्तिहरुको भूमिका ओझेलमा परेको तथा सांस्कृतिक र भाषिक विविधतालाई पनि एकीकृत गरियो भन्ने जस्ता विषय रहेको भए तापनि हाल प्रचिलत संविधानमा त्यस्ता विषयहरुलाई सम्बोधन गरिसकिएको छ ।’
पृथ्वी जयन्तीमा बिदा माग गर्दै दायर भएको रिट मुख्य रजिष्टारले दरपिठ गरेपछि भण्डारी मुख्य रजिष्ट्रारविरद्ध रिट लिएर पुन अदालत गएका थिए । पृथ्वीनारायण शाहको नेपाली एकीकरणको भूमिका सन्दर्भमा सर्वोच्च अदालतले बोलेको सम्भवतः यो पहिलो पटक हो ।
हेर्नुहोस् आदेश

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया