असोज ९, २०८३ शुक्रबार September 25, 2026

नक्कली मुद्रासहित रामेछापबाट दुई जना पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । नक्कली मुद्रासहित दुई जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा खाँडादेवी गाउँपालिका–१, चुरे बस्ने ५२ वर्षीय ढकल बहादुर तामाङ र सोही नगरपालिका–२ लामा गुफा बस्ने ५२ वर्षीय सार्की तामाङ रहेका छन्।

उनीहरुले नक्कली मुद्रा चल्तीमा ल्याएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय खाँडादेवी र प्रहरी चौकी लुभुघाटबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरिएको हो। प्रहरीले तामाङको साथबाट १ हजार दरका २२ वटा र उनीहरुले विभिन्न पीडित व्यक्तिहरुलाई दिएको १ हजार दरका ९० वटा गरी १ लाख १२ हजार बराबरको नक्कली मुद्रा बरामद गरी उनीहरुलाई पक्राउ गरेको हो।

उनीहरुले जलाउदिन मियाँ अन्सारी नाम गरेका व्यक्तिसँग मिलेर गोरु किनेको रकम भुक्तानी गर्दा समेत नक्कली नोट प्रयोग गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ। हाल फरार अन्सारीको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।

प्रहरीले यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया