बैसाख २०, २०८३ आइतबार May 3, 2026

विदेशबाट आउनेको तथ्याङ्क सङ्कलन गर्न नाट्टाको आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । नेपाल एशोसिएशन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले विदेशबाट नेपालमा आई कोरोना सङ्क्रमण देखिएका व्यक्तिसँगै जहाजमा आउने अन्य व्यक्तिको विवरण दिन सम्पूर्ण ट्राभल कम्पनीलाई आग्रह गरेको छ ।

नाट्टाका अध्यक्ष अच्युत गुरागाईँले एक विज्ञप्ति जारी गरी मार्च १७ मा कतार एयरवेज र मार्च २० मा भिस्टारा एयरलाइन्सबाट नेपाल आएका तीन यात्रुमा कोरोना सङ्क्रमण देखिएको भन्दै उक्त एयरलाइन्सबाट आउने अन्य यात्रुको पूर्ण विवरण नाट्टामा उपलब्ध गराउन सबै ट्राभल कम्पनीलाई आग्रह गरेका हुन ।

“विश्वव्यापीरूपमा फैलिँदै गएको कोरोना भाइरसको सम्भावित सङ्क्रमणबाट जोगिनका लागि अन्य यात्रुलाई पहिचान गरी सरकारलाई सहयोग गर्न लागेका हौँ”, अध्यक्ष गुरागाईँले भने ।

यस विषम परिस्थितिमा राज्यद्वारा जारी गरिएको निर्देशन पालना गर्नु नागरिकको दायित्व रहेको नाट्टाले जनाएको छ ।कोरोना भाइरसको महामारी बढ्दै गएको परिवेशमा सरकारले चैत ११ गतेदेखि लागू हुनेगरी लकडाउन गरेकाले लकडाउनको पूर्ण पालना गर्नसमेत नाट्टाले सबैलाई आग्रह गरेको छ ।

नाट्टाले विभिन्न मुलुकबाट भर्खरै नेपाल आएका जोकोहीलाई पनि ‘सेल्फ क्वारेन्टाइन’मा बसेर सङ्क्रमण फैलन नदिन आग्रह गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जर्मनीका विदेशमन्त्री र इरानी समकक्षीबिच फोनवार्ता, हर्मुजलाई पुनः खोल्न माग
२०८३ बैसाख २०, आइतबार
‘पर्यटकीय महत्त्व बोकेका क्षेत्रलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको छ’ – मुख्यमन्त्री शाह
२०८३ बैसाख २०, आइतबार
नेपाल सरकारले लिपुलेक सम्बन्धमा भारत र चीनलाई पुनः अवगत गरायो
२०८३ बैसाख २०, आइतबार
अमेरिका–इरान द्वन्द्व अन्त्यका लागि पाकिस्तानी मध्यस्थता प्रयास जारी
२०८३ बैसाख २०, आइतबार
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
२०८३ बैसाख २०, आइतबार
चैत १२ गते अगाडि सार्वजनिक निकायमा नियुक्त पदाधिकारी स्वतः पदमुक्त
२०८३ बैसाख २०, आइतबार
राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता
२०८३ बैसाख २०, आइतबार