काठमाण्डौः राप्रपा अध्यक्ष कमल थापाले पार्टीका अर्का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी सहभागी भएर समाजबादी जनता पार्टी र काँग्रेससँग संयुक्त मोर्चा बनाउने भनेर गरिएको सहमतीलाई अस्वीकार गरेको जनाएका छन् ।
अध्यक्ष थापाले सोमबार साँझ ट्वीट गर्दै संयुक्त संघर्षमा जानेवारे राप्रपाले कुनै निर्णय नगरेको स्पष्ट पारेका छन् ।
जारी ट्वीटमा अध्यक्ष थापाले सरकारका स्वेच्छाचारी गतिबिधि र अधिनायकबादी प्रवृतिका बिरुद्धमा शसक्त भएर लागिरहने बताउँदै संकटको वर्तमान घडीमा राजनीतिक ध्रुवीकरण गरेर अस्थिरता सिर्जना गर्नु उपर्युक्त नहुने विचार व्यक्त गरेका छन् ।
सोमबार काँग्रेस केन्द्रीय कार्यालय सानेपामा भएको संयुक्त बैठकमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, समाजबादी जनता पार्टीका उपेन्द्र यादब र राप्रपाका तर्फबाट अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले संयुक्त संघर्षमा जाने निर्णयमा संयुक्त हस्ताक्षर गरेका थिए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया