श्रावण २९, २०८३ शुक्रबार August 14, 2026

थापालाई महारथीको दज्र्यानी चिन्ह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपाली सेनाको प्रमुख कायममुकायम प्रधानसेनापति रथी पूर्णचन्द्र थापालाई आइतबार महारथी दर्जाको दज्र्यानी चिन्ह प्रदान गरिएको छ । राष्ट्रपति कार्यालयमा एक विशेष कार्यक्रमकाबीच राष्ट्रपति विद्या भण्डारीले रथी थापालाई महारथीको दज्र्यानी चिन्ह प्रदान गरी प्रधानसेनापतिमा नियुक्त गर्नुभएको हो ।

राष्ट्रपति भण्डारी नेपाली सेनाका परमाधिपति हुनुहुन्छ । प्रधानसेनापति राजेन्द्र क्षेत्रीको पदावधि समाप्त भएका कारण आइतबारदेखि अवकाश लिँदै हुनुहुन्छ ।

अवकाशमा जानु एक महिनाअघि प्रधानसेनापति बिदा बस्ने सैनिक परम्पराअनुसार प्रधानसेनापति क्षेत्री बिदा बसेका कारण सरकारले साउन २४ गतेदेखि लागू हुने गरी रथी थापालाई कायममुकाय प्रधानसेनापतिको जिम्मेवारी दिएको थियो ।

उहाँले सैनिक मुख्यालय जङगीअड्डा पुगेर आइतबारदेखि नै नेपालको ४३ औँ प्रधानसेनापतिको रूपमा कार्यभार सम्हाल्नु हुनेछ । विसं २०१७ भदौ २५ गते लम्जुङको गाउँ शहरमा जन्मिएका रथी थापा विसं २०३६ मा नेपाली सेनाको अधिकृत क्याडेटमा भर्ना हुनुभएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मुग्लिन–मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम
२०८३ श्रावण २९, शुक्रबार
नेकपा नेता पुनले भेट प्रधानमन्त्री शाह, राेल्पा पहिराेबारे गराए ध्यानाकर्षण
२०८३ श्रावण २९, शुक्रबार
स्वदेशकै श्रमबजारलाई आकर्षक बनाउनुपर्छः मन्त्री यादव
२०८३ श्रावण २९, शुक्रबार
‘कांग्रेस एकजुट बनाउन राष्ट्रिय भेला’ : पूर्वमहामन्त्री कोइराला
२०८३ श्रावण २९, शुक्रबार
सुदूरपश्चिमका मुख्यमन्त्री र एमालेका चार मन्त्रीले लिए शपथ
२०८३ श्रावण २९, शुक्रबार
जेन–जी आन्दोलनका घाइते तथा सहिद परिवारसँगको सम्झौता कार्यान्वयनका लागि सहजीकरण समिति गठन
२०८३ श्रावण २९, शुक्रबार
पर्यटन क्षेत्र मुलुकको अर्थतन्त्रको मेरुदण्ड हो: सभामुख अर्याल
२०८३ श्रावण २९, शुक्रबार