असार २८, २०८२ शनिबार July 12, 2025

युएई र कुवेतबाट ३०१ नेपाली आइपुग्यो, आजै कतार र जापानबाट ४१२ फर्कँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) र कुवेतबाट ३०१ नेपाली स्वदेश फर्किएका छन् । युएईको अबुधावीबाट १५२ जना र कुवेतबाट १४९ नेपाली स्वदेश फर्किएका हुन् ।

आजै कतारको दोहाबाट पहिलो चरणको तेस्रो उडानमार्फत् १५८ नेपाली स्वदेश फर्कँदैछन्। दूतावासका अनुसार उनीहरु हिमालय एयरलाइन्सको एचआइएम ५६३२ उडानमार्फत् फर्कँदैछन्। जसमा ३ गर्भवती तथा सुत्केरीसहित १० महिला, २ नाबालक र १४६ पुरुष रहेको दूतावासले जनाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार जापानको नारिताबाट पनि २५४ नेपाली फर्कँदैछन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया