श्रावण १६, २०८३ शनिबार August 1, 2026

एमसीसी स्वीकार गर्ने वा नगर्ने नेपालको विषयः अमेरिकी दूतावास

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंःअमेरिकाले मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)को अनुमोदन स्वीकार गर्ने कि नगर्ने नेपालकै रोजाइको विषय भएको जनाएको छ। काठमाडौंस्थित अमेरिकी दूतावासले सोमबार विज्ञप्ति जारी गरेर संसदबाट एमसीसी अनुमोदन नभएको बारे आफू जानकार रहेको पनि जनाएको छ।

सत्तारुढ नेकपाभित्रको विवादका कारण संसदबाट अनुमोदन हुनबाट ढिलाइ भइरहेको एमसीसी परियोजनालाई स्वीकार गर्ने कि नगर्ने भन्ने रोजाइ नेपालकै भएको अमेरिकाले बताएको हो। एमसीसी अनुमोदनमा ढिलाई गर्नुको मतलब करीव २ करोड ३० लाख नेपालीलाई थप रोजगारी र आर्थिक वृद्धिको फाइदा दिलाउन ढिलाइ गर्नु भएको अमेरिकी दूतावासले भनेको छ।

दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ, ‘दुई देशले सेप्टेम्बर २०१७ मा हस्ताक्षर गरेको र नेपालले सेप्टेम्बर २०१९ भित्र अनुमोदन गर्ने प्रतिबद्धता जनाएको ५० करोड डलरको अनुदानलाई अगाडि बढाउन आवश्यक अर्को कदम अनुमोदन हो। अनुमोदनमा ढिलाइ गर्नुको मतलब झन्डै २ करोड ३० लाख नेपालीलाई थप रोजगारी तथा आर्थिक वृद्धिमा बढोत्तरीका फाइदा दिलाउनमा ढिलाइ गर्नु हो।’

अमेरिका र नेपालबीचको ७३ वर्ष लामो साझेदारीमा दुवै देशको हित हुने गरी विभिन्न क्षेत्रमा सफल सहकार्य भएको समेत दूतावासको विज्ञप्तिमा उल्लेख छ। अमेरिकाले नेपालका लाखौं मानिसलाई गरिबीबाट माथि उठाउन सहयोग गर्ने दाबी गरेको छ। उसले यस कोषको रकम सधैं उपलब्ध नहुने पनि जनाएको छ।

यता नेपालमा एमसीसी अनुमोदन गर्ने कि नगर्ने भन्ने विषय पछिल्लो समय झन् पेचिलो बन्दै गएको छ। यसको विरोध गर्दै युवाहरु लकडाउनका बावजुद सडकमा आन्दोलित बनेका छन्। यसअघिको सम्झौता अनुसार यही असार १६ गते अर्थात मंगलबारदेखि एमसीसीका परियोजना कार्यान्वयनमा आउनुपर्ने थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सामाजिक सद्भाव भाँड्न खोजेको अभियोगमा पक्राउ
२०८३ श्रावण १६, शनिबार
सामाजिक सद्भाव विरोधी क्रियाकलापको सूक्ष्म निगरानी गर्न मुख्यमन्त्री शाहको निर्देशन
२०८३ श्रावण १६, शनिबार
रुसी मिसाइल र ड्रोन आक्रमणमा किएभमा तीन जनाको मृत्यु, दर्जनौँ घाइते
२०८३ श्रावण १६, शनिबार
राष्ट्रिय भेलाका लागि ५५१ सदस्यीय मूल आयोजक समिति गठन
२०८३ श्रावण १६, शनिबार
प्रदर्शनका क्रममा दुर्व्यवहार गर्ने युवालाई माफी दिन चाहेको मोदीको भनाइ
२०८३ श्रावण १६, शनिबार
धनुषामा कर्फ्यु हटाइएर निषेधाज्ञा जारी
२०८३ श्रावण १६, शनिबार
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
२०८३ श्रावण १६, शनिबार