असार २४, २०८२ मंगलबार July 8, 2025

प्रधानमन्त्री मन्त्रिपरिषद् बैठक डाकेर राष्ट्रपति भेट्न शितलनिवाशमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले आकस्मिकरुपमा मन्त्रिपरिष्द बैठक बोलाएका छन् । मध्यान्ह १२ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाईएको बैठकका एजेण्डाका विषयमा मन्त्रीहरुलाई जानकारी गराइएको छैन ।

आजको बैठकमा भारतसँगको सीमा विवाद समस्या समाधान, अमेरिकी मिलिनियम च्लालेञ्ज कर्पोरेशन (एमसीसी), पार्टीभित्र प्रधानमन्त्रीको राजीनामा मागेको विषयमा छलफल हुनसक्ने स्रोतको दावी छ ।

यद्दपी बैठकको एजेण्डा के हुने मन्त्रीलाई जानकारी नदिईएपनि दल विभाजन सम्बन्धि अध्यादेश ल्याउने वा संकटकालको अभ्यासका लागि बैठक बोलाएको हुनसक्ने एक मन्त्रीले जानकारी दिए ।

मन्त्रीपरिषद्को बैठक अगाडी पूर्वनिर्धारित स्थायी समतिको बैठक बस्ने कार्ययोजना छ । यसैबिच प्रधानमन्त्री राष्ट्रपति भेट्न शितलनिवाश पुगेका छन् । स्थायी समितिका नेताहरु बालुवाटार प्रवेश गर्नु अगावै प्रधानमन्त्री ओली शितलनिवाश पुगेका हुन् ।

पछिल्लो समय नेकपामा विवाद उत्कर्षमा पुगेको बेला स्थायी कमिटी बैठकमा अल्पमतमा परेका ओलीले आन्तरिक परामर्शलाई तिब्र बनाईरहेका बखत अकस्मात् मन्त्रिपरिषद् बैठक बोलाएसँगै प्रचण्ड नेपाल समुह थप सशंकित भएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यु–२० महिला साफ च्याम्पियनसिप फुटबल टोलीको बिदाइ
२०८२ असार २४, मंगलबार
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार