असार २४, २०८२ मंगलबार July 8, 2025

सरकारले मास्क नलगाउनेमाथि थप कडाई गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौः सरकारले अब मास्क नलगाइकन घर बाहिर निस्किए कारबाही गर्ने भएको छ । कोरोना संक्रमणको जोखिम दिनप्रतिदिन बढ्दै गएको भन्दै गृहमन्त्रालयले यस्तो निर्णय गरेको मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले जानकारी दिए ।

अधिकारीका अनुसार गृहमन्त्रालयले मास्क नलगाई घरबाट निस्किएको पाए कडा कारबाही गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ ।अटेर गर्नेलाई संक्रमण रोग ऐन, २०२० अन्तर्गत कारबाही गरिने उनको भनाइ छ ।

मन्त्रालयले सोमबार ७७ वटा जिल्लामा नै लागू गर्नेगरी प्रहरी प्रधान कार्यालय नक्साललाई निर्देशन दिएको हो । अब मास्क नलगाई हिंड्नेलाई प्रहरीले नियन्त्रणमा लिएर कारबाही गर्ने छ।

संक्रमणको जोखिम निकै वढेपनि सर्वसाधारणहरुले मास्कसम्म नलगाई लापरवाही गरिरहेकाले यस्तो निर्णय गर्नु परेको गृहमन्त्रालयको भनाइ छ। त्यस्तै मन्त्रालयलले अनावश्यक रुपमा घरबाहिर ननिस्कन समेत अनुरोध गरेको छ।

पछिल्लो समय काठमाडौं उपत्यकासहित देशभरी कोरोना संक्रमित बढिरहेका छन् । त्यस्तै सर्वसाधारणको भिडभाड बढ्दै गएकाले थप सजकता अपनाइएको उनले बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पोर्चुगलमा ‘दोस्रो बुढासुब्बा कप’ फुटबल प्रतियोगिता हुने
२०८२ असार २४, मंगलबार
साउनमा पशुपतिनाथको दर्शनमा आउने भक्तजनका लागि महाशिवरात्रिकै जस्तो व्यवस्थापन गर्ने तयारी
२०८२ असार २४, मंगलबार
कुलिङ पिरियड गडबडी : समितिको नेतृत्वमाथि रास्वपाको असन्तुष्टि
२०८२ असार २४, मंगलबार
आजको मौसम : यी प्रदेशमा भारी बर्षाको सम्भावना
२०८२ असार २४, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
२०८२ असार २४, मंगलबार
आज मंगलबार, गणेश भगवानको दर्शन गर्दै थाहा पाउनुहोस् तपाईंको राशिफल ?
२०८२ असार २४, मंगलबार
स्वास्थ्य उपचार र न्यायिक उपचारमा उल्झन
२०८२ असार २४, मंगलबार