श्रावण १७, २०८३ आइतबार August 2, 2026

सरकारले मास्क नलगाउनेमाथि थप कडाई गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौः सरकारले अब मास्क नलगाइकन घर बाहिर निस्किए कारबाही गर्ने भएको छ । कोरोना संक्रमणको जोखिम दिनप्रतिदिन बढ्दै गएको भन्दै गृहमन्त्रालयले यस्तो निर्णय गरेको मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले जानकारी दिए ।

अधिकारीका अनुसार गृहमन्त्रालयले मास्क नलगाई घरबाट निस्किएको पाए कडा कारबाही गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ ।अटेर गर्नेलाई संक्रमण रोग ऐन, २०२० अन्तर्गत कारबाही गरिने उनको भनाइ छ ।

मन्त्रालयले सोमबार ७७ वटा जिल्लामा नै लागू गर्नेगरी प्रहरी प्रधान कार्यालय नक्साललाई निर्देशन दिएको हो । अब मास्क नलगाई हिंड्नेलाई प्रहरीले नियन्त्रणमा लिएर कारबाही गर्ने छ।

संक्रमणको जोखिम निकै वढेपनि सर्वसाधारणहरुले मास्कसम्म नलगाई लापरवाही गरिरहेकाले यस्तो निर्णय गर्नु परेको गृहमन्त्रालयको भनाइ छ। त्यस्तै मन्त्रालयलले अनावश्यक रुपमा घरबाहिर ननिस्कन समेत अनुरोध गरेको छ।

पछिल्लो समय काठमाडौं उपत्यकासहित देशभरी कोरोना संक्रमित बढिरहेका छन् । त्यस्तै सर्वसाधारणको भिडभाड बढ्दै गएकाले थप सजकता अपनाइएको उनले बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न पूर्वराष्ट्रपति भण्डारीको आह्वान
२०८३ श्रावण १७, आइतबार
पर्यटक बोकेको विमान दुर्घटनाग्रस्त हुँदा १३ जनाको मृत्यु
२०८३ श्रावण १७, आइतबार
सय बढी नक्कली उत्पादन बरामद
२०८३ श्रावण १७, आइतबार
मुख्यमन्त्री कार्कीलाइ राजीनामा दिन शेरधन राईको दबाब
२०८३ श्रावण १७, आइतबार
राजविराज र बोदेबरसाइनमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी
२०८३ श्रावण १७, आइतबार
किसान आन्दोलनको ऐतिहासिक योगदानलाई निरन्तरता दिन ओलीको आह्वान
२०८३ श्रावण १७, आइतबार
भेरी अस्पतालमा एचआईभी उपचार सेवा प्रभावकारी, ६५७ जना नियमित एआरटीमा
२०८३ श्रावण १७, आइतबार