श्रावण ३०, २०८३ शनिबार August 15, 2026

अन्तर प्रदेश समस्या समाधानका लागि कार्यदल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । संघीय संरचना अनुसार प्रदेश सरकारलाई केन्द्रीय सरकारले सहयोग नगरेकोगुनासो आइरहेका बेला संघ र प्रदेशबीच तथा प्रदेश–प्रदेशबीचको राजनीतिक, कानूनी रआर्थिक लगायत विषयका विवाद समाधान गर्न उच्च स्तरीय कार्यदल गठन गरिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आइतबार सम्पन्न अन्तर प्रदेशपरिषद्को पहिलो बैठकले गृहमन्त्री रामबहादुर थापा बादलको संयोजकत्वमा छ सदस्यीय उच्चस्तरीय कार्यदल गठन गरिएको सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटाले पत्रकारहरुलाई जानकारी दिनुभएको छ ।

कार्यदलमा अर्थमन्त्री डा युवराज खतिवडा, संघीयमामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, प्रदेश नं २ का मुख्यमन्त्री लाबाबुराउत र प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेल रहनुभएको छ ।

कार्यदलको सदस्यसचिवमा मुख्यसचिव लोकदर्शन रेग्मी रहनुभएको छ । संविधान, कानून, बजेट र नीतिकार्यक्रम कार्यान्वयन तथा अधिकारको व्यावहारिक बाँडफाँटका सम्बन्धमा देखिएका विवादसमाधान गर्ने निकाय मानिएको परिषद्को बैठक आइतबारदेखि शुरु भएकोे थियो ।

नेपालकोसंविधानको धारा २३४ मा । प्रधानमन्त्रीको अध्यक्षतामा अन्तर प्रदेश परिषद्को व्यवस्था छ ।यसअघि प्रदेश मुख्य मन्त्रीहरुले आफुहरुले अधिकार नपाएको भन्दै पोखरामा भेला आयोजनागर्दै केन्द्रीय सरकारलाइृ दवाव दिएपछि प्रधानमन्त्री असन्तुष्ट बन्नु भएको थियो ।

अन्तरप्रदेशको बैठक बोलाएपछि पनि प्रधानमन्त्रीले बैठक स्थगित गरेर मुख्यमन्त्रीहरुलाई फिर्ता पठाउनु भएको थियो ।

यस पटक भने सौभाद्रताकासाथ प्रदेश सरकार र केन्द्रीयसरकारबीच आपसी समस्या समाधान गर्नका लागि कार्यदल समेत गठन गरिएको छ ।कार्यदलले आउँदो पुस ३ गते प्रतिवेदन बुझाउने सञ्चार तथा सूचना  प्रविधि मन्त्रीगोकुल प्रसाद बाँस्कोटाले जानकारी दिनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेश प्रदेशमा आवश्यकता अनुसार ट्रमा युनिट सञ्चालन हुन्छ : स्वास्थ्य मन्त्री मेहता
२०८३ श्रावण ३०, शनिबार
एसईईमा उत्कृष्ट नतिजा ल्याउने तीन जना विद्यार्थी पुरस्कृत
२०८३ श्रावण ३०, शनिबार
‘नेपाललाई युरोपेली सङ्घको एयर सेफ्टी लिस्टबाट हटाउन पहल गरौँ’ : सभामुख अर्याल
२०८३ श्रावण ३०, शनिबार
यसरी धराशायी बनाइयो उदयपुर सिमेन्ट उद्योग
२०८३ श्रावण ३०, शनिबार
प्रवासी नेपालीलाई नेपालमा लगानी गर्न अर्थमन्त्रीको आग्रह
२०८३ श्रावण ३०, शनिबार
सरकार र शैक्षिक परामर्श व्यवसायीबीचको वार्ता चाँडै निष्कर्षमा पुग्ने विश्वास
२०८३ श्रावण ३०, शनिबार
पहिरो प्रभावित बस्ती सार्न सरकार तयार : सञ्चारमन्त्री तिमिल्सिना
२०८३ श्रावण ३०, शनिबार