श्रावण २०, २०८३ बुधबार August 5, 2026

बद्री न्यौपाने नेतृत्वको चुरे भावर पार्टी नेकपामा समाहित

नेकपाका संयोजक प्रचण्ड र चुरे भावर पार्टीका अध्यक्ष बद्री न्यौपानेबीच ४ बुँदे सहमति

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । चुरे भावर पार्टी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा औपचारिक रूपमा समाहित भएको छ।

नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा नेकपाका संयोजक प्रचण्डले बद्री न्यौपाने नेतृत्वको चुरे भावर पार्टीलाई पार्टीको झण्डा ओढाएर औपचारिक रूपमा नेकपामा स्वागत गरेका हुन्। यस समाहितकरणलाई पार्टी एकताको दिशामा महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

समाहित कार्यक्रममा नेकपाका संयोजक प्रचण्ड र चुरे भावर पार्टीका अध्यक्ष बद्री न्यौपानेबीच ४ बुँदे सहमति समेत भएको छ। सहमतिमा पार्टी एकतालाई सुदृढ गर्ने, संगठन विस्तारमा संयुक्त रूपमा अघि बढ्ने, राजनीतिक एजेन्डामा सहकार्य गर्ने तथा जनताको पक्षमा संघर्षलाई निरन्तरता दिने प्रतिबद्धता जनाइएको छ।

कार्यक्रममा बोल्दै संयोजक प्रचण्डले कम्युनिस्ट आन्दोलनलाई अझ बलियो बनाउन विभिन्न कम्युनिस्ट घटकहरूबीच एकता अपरिहार्य भएको बताए। उनले विचार, सिद्धान्त र उद्देश्य मिल्ने शक्तिहरूलाई एउटै मंचमा ल्याउने प्रयास निरन्तर रहने उल्लेख गरे।

चुरे भावर पार्टीका अध्यक्ष बद्री न्यौपानेले पनि नेकपासँग एकता हुनु आफ्नो पार्टीका लागि सही निर्णय भएको बताउँदै अब नेकपाको नीति र कार्यक्रममा सक्रिय रूपमा योगदान दिने प्रतिबद्धता व्यक्त गरे।

यसै क्रममा प्रचण्डले आजै क्रान्तिकारी कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य भीम चापागाईँको नेतृत्वमा आएको टोलीलाई पनि नेकपामा प्रवेश गराएका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रतिनिधिसभालाई प्रभावकारी बनाउन कार्यव्यवस्था परामर्श समितिमा छलफल
२०८३ श्रावण २०, बुधबार
नेपालले एक दिवसीय विश्वकप छनोटका लागि प्लेअफ चरणदेखि नै खेल्नुपर्ने
२०८३ श्रावण २०, बुधबार
एनटिभी उपकरण तथा सेवा खरिदबारे छानबिन गर्न गठित समितिद्वारा प्रतिवेदन पेश
२०८३ श्रावण २०, बुधबार
नेपाल ओलम्पिक कमिटीद्वारा समसुद्दिनको विदाइ
२०८३ श्रावण २०, बुधबार
राप्रपा छाडेका धवल र दुर्गा प्रसाईंले खोले ‘जय नेपाल पार्टी’
२०८३ श्रावण २०, बुधबार
मल्टि-सर्भिस सुपर एप ‘फिरिरी’ सार्वजनिक
२०८३ श्रावण २०, बुधबार
जुम्ल्याहा दिदीबहिनीसँग जुम्ल्याहा दाजुभाइको विवाह, विवाह गराउने पादरी पनि जुम्ल्याहा नै
२०८३ श्रावण २०, बुधबार