श्रावण २०, २०८३ बुधबार August 5, 2026

पार्टी अनुशासन पालना गर्दै आधिकारिक उम्मेदवारलाई सघाउन कांग्रेसको अपिल

टिकट वितरणमा कमजोरी स्वीकार्दै कांग्रेसद्वारा संगठन मजबुत बनाउने प्रतिबद्धता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपाली कांग्रेसले बागी उम्मेदवारी दिएका उम्मेदवारहरूलाई आफ्नो उम्मेदवारीलाई निष्कृय गर्न निर्देशन दिएको छ।

मंगलबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै कांग्रेसले केहि स्थानमा पार्टीबाट विद्रोह गरेर छुट्टै उम्मेदवारी दर्ता गराएको अवस्थामा आफ्नो उम्मेदवारीलाई निष्कृय गर्दै पार्टीको आधिकारिक उम्मेदवारर्लाइ सहयोग गर्न निर्देशन दिएको जनाएको हो।

पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता एवं केन्द्रीय प्रचार प्रसार समिति संयोजक देवराज घिमिरेले छोटो समयका कारण टिकट बितरणमा केहि कमजोरी भएको हुनसक्ने भन्दै त्यसलाई स्वीकार गरेर पार्टीको आधिकारिक उम्मेदवारलाई सघाउन निर्देशन दिइएको जानकारी दिए।

उनले पार्टीमा देखिएका कमीकमजोरीलाई आगामी दिनमा सुधार गर्ने बताए। निर्वाचन केन्द्रीत प्रचार प्रसारका लागि सातै प्रदेश र वडासम्म निर्वाचन परिचालन समिति बनाएर अघि बढ्न आवश्यक निर्देशन दिइसकेको उनले बताए।

प्रवक्ता चालिसेले अगामी पाँच बर्षमा पार्टीको नेतृत्वमा देश निर्माण गर्ने योजनाका साथ घोषणापत्र निर्माण भइरहेको र केहिदिनभित्रै सार्वजनिक हुने उल्लेख गरे।

उनले कांग्रेसले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा मध्ये १०६ जना नयाँ उम्मेदवारलाई चुनावी प्रतिस्पर्धामा अघि सारेको जानकारी दिए। उनले निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गर्ने प्रतिबद्धता जनाउँदै छुट्टै आन्तरिक आचारसंहिता समेत जारी गरेको बताए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रतिनिधिसभालाई प्रभावकारी बनाउन कार्यव्यवस्था परामर्श समितिमा छलफल
२०८३ श्रावण २०, बुधबार
नेपालले एक दिवसीय विश्वकप छनोटका लागि प्लेअफ चरणदेखि नै खेल्नुपर्ने
२०८३ श्रावण २०, बुधबार
एनटिभी उपकरण तथा सेवा खरिदबारे छानबिन गर्न गठित समितिद्वारा प्रतिवेदन पेश
२०८३ श्रावण २०, बुधबार
नेपाल ओलम्पिक कमिटीद्वारा समसुद्दिनको विदाइ
२०८३ श्रावण २०, बुधबार
राप्रपा छाडेका धवल र दुर्गा प्रसाईंले खोले ‘जय नेपाल पार्टी’
२०८३ श्रावण २०, बुधबार
मल्टि-सर्भिस सुपर एप ‘फिरिरी’ सार्वजनिक
२०८३ श्रावण २०, बुधबार
जुम्ल्याहा दिदीबहिनीसँग जुम्ल्याहा दाजुभाइको विवाह, विवाह गराउने पादरी पनि जुम्ल्याहा नै
२०८३ श्रावण २०, बुधबार