श्रावण २०, २०८३ बुधबार August 5, 2026

सल्यानका रास्वपा नेता उमेश रानाले पार्टी छोडे

कर्णालीप्रति बेवास्ताकै कारण रास्वपा छाडेँको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, १५ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सदस्य उमेश रानाले पार्टी परित्याग गरेका छन् । आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै रानाले आफूले रास्वपा परित्याग गरेर प्रचण्डले नेतृत्व गरेको नेपाली कम्युनिष्ट पार्टी रोजेको जानकारी दिए ।

उनले ०७९ सालदेखि आफूले रास्वपाको लक्ष्य र उद्देश्य मन पराएर साधारण सदस्य लिएको भएपनि कर्णालीको विकासमा रास्वपाका नेताहरुले हेर्ने दृष्टिकोण र गरेको बेवास्ताको कारण स्वेच्छाले पार्टी परित्याग गरेको स्पष्ट पारे ।

उनले सल्यान विकासमा पछि पर्नुको कारण नारामात्रै लगाउने काम भएकोले भन्दै अब सबैले हातेमालो गर्दै सल्यानको विकासमा योगदान दिनुपर्ने मत राखे । उनले नेपालमा प्रचण्डले नेतृत्व गरेको १० वर्षे जनयुद्धको कारण नै परिवर्तन आएको कुरा सगौरव सुनाए र आफूजस्ताले आज खुलेर बोल्न पाएको पनि भने । अब एक–अर्काप्रति आलोचना गरेर नभई सहकार्य गरेर सल्यानको विकासमा टेवा पुर्याउने बेला आएको स्मरण गराए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रतिनिधिसभालाई प्रभावकारी बनाउन कार्यव्यवस्था परामर्श समितिमा छलफल
२०८३ श्रावण २०, बुधबार
नेपालले एक दिवसीय विश्वकप छनोटका लागि प्लेअफ चरणदेखि नै खेल्नुपर्ने
२०८३ श्रावण २०, बुधबार
एनटिभी उपकरण तथा सेवा खरिदबारे छानबिन गर्न गठित समितिद्वारा प्रतिवेदन पेश
२०८३ श्रावण २०, बुधबार
नेपाल ओलम्पिक कमिटीद्वारा समसुद्दिनको विदाइ
२०८३ श्रावण २०, बुधबार
राप्रपा छाडेका धवल र दुर्गा प्रसाईंले खोले ‘जय नेपाल पार्टी’
२०८३ श्रावण २०, बुधबार
मल्टि-सर्भिस सुपर एप ‘फिरिरी’ सार्वजनिक
२०८३ श्रावण २०, बुधबार
जुम्ल्याहा दिदीबहिनीसँग जुम्ल्याहा दाजुभाइको विवाह, विवाह गराउने पादरी पनि जुम्ल्याहा नै
२०८३ श्रावण २०, बुधबार