श्रावण २०, २०८३ बुधबार August 5, 2026

काँग्रेस जन भावना अनुसार रूपान्तरित पार्टी बनेको छ : सभापति थापा

उच्च मनोबलका साथ पार्टीका उम्मेदवारको पक्षमा लाग्न निर्देशन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

जनकपुरधाम । नेपाली काँग्रेसका सभापति गगन थापाले नेपाली काँग्रेसका विशेष महाधिवेशनले पार्टी रुपान्तरणको दिशामा अग्रसर भएकाले अब देश रुपान्तरणको जिम्मा काँग्रेसको भएको बताउनुभएको छ ।

पार्टीको मधेश प्रदेश समितिको आयोजनामा आज जनकपुरधाममा आयोजना गरेको प्रदेश समिति तथा प्रतिनिधि सभाका उम्मेदवारहरूको विशेष बैठकमा सभापति थापाले मुलुक खरानी बनेको बेलामा पुनः देशलाई उठाउने पार्टी काँग्रेस भएको भन्नुहुँदै जेन्जी पुस्ताको आन्दोलनपछि सबैभन्दा पछि विशेष महाधिवेशन गरेर रूपान्तरण गरेको नयाँ पार्टी नेपाली काँग्रेस नै भएको  बताउनुभयो ।

सभापति थापाले आफू मधेश प्रदेशको सर्लाहीबाट प्रतिनिधिसभाका लागि उम्मेदवार बनेपछि अहिले मधेशमा काँग्रेसमा थप लहर आएको भन्नुहुँदै पार्टीका उम्मेदवारका विरुद्धमा कुनै प्रकारको घात अन्तर्घात गरेको खण्डमा आफ्नो निकटका व्यक्ति भएपनि तथ्य र प्रमाणको आधारमा कारबाहीमा पर्ने बताउनुभयो ।

उहाँले युवा पुस्ताको आन्दोलनका कारणले खरानी बनेको मुलुकलाई पुनः निर्माणका साथै देशलाई सही दिशा प्रदान नेपाली काँग्रेसले गर्ने उल्लेख गर्नुहुँदै पार्टीको नयाँ नेतृत्वले अब जनताको इच्छा आकाङ्क्षा अनुसार नै काम गर्ने  बताउनुभयो ।

सभापति थापाले अब पार्टीमा कुनै प्रकारको गुट उपगुट नभएको दाबी गर्दै पार्टीका सबै नेता तथा कार्यकर्तासँग समान व्यवहार हुने भएकाले उच्च मनोबलका साथ पार्टीका उम्मेदवारको पक्षमा लाग्नका लागि निर्देशन दिनुभयो ।

नेपाली काँग्रेस मधेश प्रदेशका सभापति एवं मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेस धनुषाका सभापति योगेन्द्र पञ्जियार र पर्सा जिल्लाका सभापति जनार्दन सिंह क्षेत्रीसहितका वक्ताहरूले प्रदेश तथा जिल्लाको वस्तु स्थितिका बारेमा जानकारी दिनुभएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रतिनिधिसभालाई प्रभावकारी बनाउन कार्यव्यवस्था परामर्श समितिमा छलफल
२०८३ श्रावण २०, बुधबार
नेपालले एक दिवसीय विश्वकप छनोटका लागि प्लेअफ चरणदेखि नै खेल्नुपर्ने
२०८३ श्रावण २०, बुधबार
एनटिभी उपकरण तथा सेवा खरिदबारे छानबिन गर्न गठित समितिद्वारा प्रतिवेदन पेश
२०८३ श्रावण २०, बुधबार
नेपाल ओलम्पिक कमिटीद्वारा समसुद्दिनको विदाइ
२०८३ श्रावण २०, बुधबार
राप्रपा छाडेका धवल र दुर्गा प्रसाईंले खोले ‘जय नेपाल पार्टी’
२०८३ श्रावण २०, बुधबार
मल्टि-सर्भिस सुपर एप ‘फिरिरी’ सार्वजनिक
२०८३ श्रावण २०, बुधबार
जुम्ल्याहा दिदीबहिनीसँग जुम्ल्याहा दाजुभाइको विवाह, विवाह गराउने पादरी पनि जुम्ल्याहा नै
२०८३ श्रावण २०, बुधबार