श्रावण २०, २०८३ बुधबार August 5, 2026

भोजपुरमा मतदाता रिझाउन गाउँ केन्द्रित हुँदै उम्मेदवारहरु

सदरमुकाममा चहलपहल कम भई रहँदा गाउँघर तिर चुनावी चहलपहल बढ्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

भोजपुर, २० माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा पहाडी जिल्ला भोजपुरबाट १२ राजनीतिक दलका १२ जना उम्मेदवारहरु चुनावी मैदानमा छन् ।

प्रतिनिधिसभातर्फ एक मात्र निर्वाचन क्षेत्र रहेको भोजपुरमा मनोनयन दर्ता गरेसँगै अहिले उम्मेदवार र राजनीतिक दल विभिन्न आश्वासनसहित मतदाता रिझाउने घरदैलो अभियान छन् । निर्वाचनको मिति नजिकिँदै गर्दा दलका उम्मेदवारहरु भने अहिले गाउँ केन्द्रित बनेका छन् । सदरमुकाममा चहलपहल कम भई रहँदा गाउँघर तिर चुनावी चहलपहल बढ्दै गएको छ । जिल्ला निर्वाचन कार्यालय, सुरक्षा निकायहरु, मुख्य निर्वाचन अधिकृतको कार्यालय चुनावी तयारीमा जुट्दा दलहरु आफनो पक्षमा मतदाता तान्न व्यस्त देखिएका हुन् ।

आगामी निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट शेरधन राई, नेपाली कांग्रेसबाट बालकृष्ण थापा, नेपाली कम्युनिष्ट पार्टीबाट अजम्बर राई काङमाङ, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेशप्रसाद ओझा, श्रम संस्कृति पार्टीबाट ध्रुवराज राई, नेकपा (माओवादी) बाट देवानराज राई, जनता समाजवादी पार्टीबाट गोपालकुमार राई, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट जनक नेपाल, राष्ट्रिय परिवर्तन पार्टीबाट जितेन्द्र राई, नेपाल मजदुर किसान पार्टीबाट राजाराम बासी, मङ्गोल नेशनल अर्गनाइजेसनबाट चन्द्रप्रसाद राई र आमजनता पार्टीका तर्फबाट युवराज थापा चुनावी मैदानमा छन् ।

नौ वटा स्थानीय तह रहेको भोजपुरमा ८७ मतदानस्थल, अस्थायीसहित १६१ मतदान केन्द्र कायम गरिएको छ । जिल्लाको कूल मतदाता सङ्ख्या भने एक लाख २५ हजार ७६६ जना रहेको जिल्ला निर्वाचन कार्यालय भोजपुरका प्रमुख डिकेन्द्रप्रसाद सुवेदीले जानकारी दिए । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रतिनिधिसभालाई प्रभावकारी बनाउन कार्यव्यवस्था परामर्श समितिमा छलफल
२०८३ श्रावण २०, बुधबार
नेपालले एक दिवसीय विश्वकप छनोटका लागि प्लेअफ चरणदेखि नै खेल्नुपर्ने
२०८३ श्रावण २०, बुधबार
एनटिभी उपकरण तथा सेवा खरिदबारे छानबिन गर्न गठित समितिद्वारा प्रतिवेदन पेश
२०८३ श्रावण २०, बुधबार
नेपाल ओलम्पिक कमिटीद्वारा समसुद्दिनको विदाइ
२०८३ श्रावण २०, बुधबार
राप्रपा छाडेका धवल र दुर्गा प्रसाईंले खोले ‘जय नेपाल पार्टी’
२०८३ श्रावण २०, बुधबार
मल्टि-सर्भिस सुपर एप ‘फिरिरी’ सार्वजनिक
२०८३ श्रावण २०, बुधबार
जुम्ल्याहा दिदीबहिनीसँग जुम्ल्याहा दाजुभाइको विवाह, विवाह गराउने पादरी पनि जुम्ल्याहा नै
२०८३ श्रावण २०, बुधबार