बैसाख ११, २०८३ शुक्रबार April 24, 2026

ऊर्जा व्यापार रणनीति तयार

दुई वर्षभित्र एक हजार मेगावाटभन्दा धेरै सौर्य विद्युत् नेपाल विद्युत् प्राधिकरण प्रवर्धित आयोजनाबाट प्राप्त हुने आकलन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, वैशाख ११ गते । आगामी १० वर्षभित्र १५ वटा मुख्य जलविद्युत् आयोजना निर्माण सम्पन्न गरी विद्युत्को आन्तरिक खपत व्यापक गराउने र बच्ने विद्युत् निर्यात पनि बढाउने गरी सरकारले ‘ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति, २०८३’ तयार पारेको छ । २०९२ सालभित्र नेपालमा २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गरी १३ हजार पाँच सय मेगावाट देशभित्र खपत गराउने र १५ हजार मेगावाट निर्यात गर्ने लक्ष्य सो रणनीतिको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सन्दीपकुमार देवको संयोजकत्वमा गठित समितिले बिहीबार २० पृष्ठको सो रणनीति पत्र ऊर्जामन्त्री विराजभक्त श्रेष्ठसमक्ष पेस गरेको छ । गत चैत १३ गते मन्त्रीपरिषद्बाट स्वीकृत शासकीय सुधारसम्बन्धी सयबुँदे कार्यसूची अन्तर्गतको बुँदा ७४ (क) र (ग) बमोजिम ऊर्जा खपत र निर्यात रणनीतिलाई सम्बोधन गर्ने गरी उच्चस्तरीय अध्ययन समिति गठन गरिएको थियो । रणनीतिमा ऊर्जा क्षेत्रलाई आर्थिक रूपान्तरणको प्रमुख आधारका रूपमा स्थापित गर्न खोजिएको छ ।

साढे चौबिस हजार मेगावाट थप उत्पादन

उत्पादन वृद्धि गर्न १२ सय मेगावाट क्षमताको जलाशययुक्त बूढीगण्डकी, एक हजार ६१ मेगावाटको अपर अरुण, ६७० मेगावाटको दुधकोशी जस्ता १० महìवपूर्ण आयोजनाबाट १० वर्षभित्रै विद्युत् उत्पादन गर्ने उल्लेख गरिएको छ । दुई वर्षभित्र एक हजार मेगावाटभन्दा धेरै सौर्य विद्युत् नेपाल विद्युत् प्राधिकरण प्रवर्धित आयोजनाबाट प्राप्त हुने आकलन छ । १० वर्षमा निजी क्षेत्रबाट प्रवर्धित सौर्य विद्युत् आयोजनासमेत गरी १४ हजार मेगावाट विद्युत् प्राप्त गर्ने कार्यतालिका तय गरिएको छ ।

उच्च क्षमताका थप २४ प्रसारण लाइन 

यसका लागि चुस्त रूपमा पूर्वाधार विकास गर्ने गरी अन्दरदेशीयसमेत गरी २४ वटा प्रसारण लाइन निर्माण सम्पन्न गर्ने तय गरिएको छ । आन्तरिक वितरण प्रणाली तथा सबस्टेसन क्षमता विस्तार पनि यसका लागि महìवमा राखिएको छ । चालु आवमै चार सय केभी प्रसारण लाइनको हेटौँडा–ढल्केवरखण्ड निर्माण सम्पन्न गर्नेदेखि दोधारा अत्तरिया–लम्की जस्ता १४ वटा प्रसारणलाई आर्थिक वर्ष २०९०/९१ सम्म तयार भइसकेका हुने छन् ।

अन्तरदेशीयतर्फ चार सय केभीका ढल्केवर–मुजफ्फरपुर–सीतामढी, बुटवल, गोरखपुर, नानपारा–नेपालगन्ज प्रसारण लाइन आगामी आर्थिक वर्षभित्रै तयार गर्ने योजना छ । उत्तरतर्फको चिलिमेहब–केरुङ अन्तरदेशीय प्रसारण लाइनसमेत १० वर्षमा तयार पार्ने लक्ष्य राखिएको छ । अबको १० वर्षमा सबस्टेसन क्षमता ४० हजार एमभिए पुग्ने छ । आन्तरिक वितरण प्रणालीमा व्यापक सुधार गर्ने, स्मार्ट मिटर जडान गर्ने विद्युत् लाइन भूमिगत गर्ने जस्ता गतिविधिलाई पनि रणनीतिमा महत्वसाथ राखिएको छ ।

ऊर्जा खपत विस्तार

हाल प्रतिव्यक्ति ऊर्जा खपत करिब ४५० किलोवाट आवर (युनिट) रहेकोमा आगामी १० वर्षभित्र एक हजार ५०० सय किलोवाट आवर पु¥याउन सकिने रणनीतिमा उल्लेख छ । रणनीतिमा आन्तरिक खपत बढाउन घरायसी विद्युतीय उपकरण प्रयोगमा जनतालाई आकर्षित गर्न हाल खाना पकाउने ग्यासमा दिइँदै आएको अनुदान क्रमशः हटाएर विद्युतीय चुलोमा अनुदान दिने कार्यनीति अख्तियार गरिने छ । त्यस्तै सरकारी कार्यालय, सुरक्षा निकाय, होटल एवं सेवा क्षेत्रमा ऊर्जा किफायती विद्युतीय उपकरण प्रयोग प्रवर्धन गर्ने उल्लेख छ ।

खपत विस्तारकै लागि सार्वजनिक यातायातका क्षेत्रमा विद्युतीय सवारीसाधनलाई प्राथमिकता दिनुपर्ने, चार्जिङ स्टेसनको नेटवर्क विस्तार गर्ने रणनीति अख्तियार गर्ने उल्लेख छ । त्यस्तै उद्योगमा प्रयोग हुँदै आएको कोइला तथा पेट्रोलियममा आधारित बोयलरलाई विद्युतीयमा रूपान्तरण गराउने कार्यनीति पनि यसमा समेटिएको छ । सिँचाइ क्षेत्रमा ऊर्जा खपत र उत्पादकत्वसमेत बढाउने गरी क्लस्टरमा आधारित ‘डेडिकेटेड एग्रिकल्चर फिडर’ निर्माण गर्ने कार्यनीति तय गरिएको छ । रासायनिक मल कारखाना डेटा सेन्टर, आधुनिक इँट्टाभट्टा जस्ता धेरै विद्युत् खपत गर्ने उद्योग प्रवर्धन गर्न विद्युत् महसुलमै छुट दिने कार्यनीति पनि सरकारले अख्तियार गर्ने छ ।गोरखापत्र दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जलवायु सातौँ राष्ट्रिय सम्मेलनः जलवायु नीति र व्यवहारबीचको खाडल पुर्न जोड
२०८३ बैसाख ११, शुक्रबार
जुम्लाका स्थानीय तहले आइतबार पनि विद्यालय सञ्चालन गर्ने
२०८३ बैसाख ११, शुक्रबार
लायन्स अन्तर्राष्ट्रिय जिल्ला ३२५ के नेपालको चौथो अधिवेशन शनिवार हुँदै
२०८३ बैसाख ११, शुक्रबार
बेनीमा शान्ति पार्क बनाउने योजना कार्यान्वयन भएन
२०८३ बैसाख ११, शुक्रबार
चलचित्र महोत्सवमार्फत ‘गन्तव्य कर्णाली’ अभियान थालनी
२०८३ बैसाख ११, शुक्रबार
नयाँ नियमावलीमा सांसदको विशेषाधिकार प्रस्ताव
२०८३ बैसाख ११, शुक्रबार
अरनिको राजमार्ग विस्तारः सामग्रीको मूल्यवृद्धिले निर्माण सुस्त
२०८३ बैसाख ११, शुक्रबार