बैसाख ३१, २०८३ बिहिबार May 14, 2026

संसदमा खोजी भइरहँदा सिंहदरबारमै थिए बालेन

प्रधानमन्त्री जवाफ दिन उपस्थित नभए बिहीबार पनि संसद् चल्न नदिने रणनीतिमा विपक्षी दलहरू

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाह उपस्थित हुनुपर्ने विपक्षी दलहरूको अडानले प्रतिनिधिसभाको बुधबारको बैठक चल्न सकेन । सभामुख डिपी अर्याल र सांसदहरूबीच पर्याप्त अन्तरक्रिया भए पनि संसद्को गाँठो फुकेन । सांसदहरूले खोजी गरिरहँदा प्रधानमन्त्री बालेन भने सिंहदरबारस्थित कार्यालयमै रहेको उनको सचिवालय स्रोतले बतायो ।

उनी संसद् बैठक सुरु हुनुअघि पार्टीको सचिवालय बैठकमा पनि गएनन् । मन्त्रिपरिषद् बैठक बस्यो । लगत्तै उनी मन्त्रालय गाभ्नेबारेको छलफलमा सहभागी भए । त्यसपछि खासै व्यस्त नरहेका प्रधानमन्त्री बालेनले निरन्तर अवरुद्ध संसद् बैठकमा जाने जाँगर भने देखाएनन् ।

सरकारको नीति तथा कार्यक्रममाथि छलफलका लागि प्रस्ताव टेबुल गर्ने र सांसदले उठाएका प्रश्नको जवाफ दिन उनले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई अनुमति दिइसकेका थिए । विपक्षीले प्रधानमन्त्रीमाथि लगाएको संसद्प्रति उत्तरदायी नभएको आरोप उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाटै लाइभ हेरिरहेको स्रोत बताउँछ । ‘कुनै बिरामी वा विशेष कारणले भन्दा पनि अर्थमन्त्रीलाई जिम्मेवारी दिइसकेकाले प्रधानमन्त्री संसद् नजानुभएको हो,’ सचिवालय स्रोतले भन्यो ।

प्रधानमन्त्री जवाफ दिन उपस्थित नभए बिहीबार पनि संसद् चल्न नदिने रणनीतिमा विपक्षी दलहरू छन् । प्रधानमन्त्री बालेन र रास्वपा विपक्षीलाई गलाएर नीति तथा कार्यक्रम पारित गर्ने पक्षमा छन् । यसले सत्ता र प्रतिपक्षबीच बर्खे अधिवेशनको सुरुमै तनावको स्थिति आउने देखिएको छ । सभामुख अर्यालले प्रधानमन्त्रीलाई उपस्थित गराउन आफूले भेटेर संवाद गर्ने सदनलाई जानकारी गराएका छन् । त्यसको सन्देश बालेनको सचिवालयले प्राप्त गरे पनि बिहीबार उपस्थित हुने वा नहुने निर्णय दिइसकेको छैन । बालेन नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री उपस्थित हुनैपर्ने संसदीय अभ्यास तोड्ने मुडमा रहेको विश्वस्त स्रोत बताउँछ । मध्यान्ह दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
काठमाडौं विश्वविद्यालय उपकुलपतिको जिम्मेवारी प्रा‍डा ऋषीकेश वाग्लेलाई
२०८३ बैसाख ३१, बिहिबार
त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिको जिम्मेवारी प्राडा. बज्राचार्यलाई
२०८३ बैसाख ३१, बिहिबार
प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ
२०८३ बैसाख ३१, बिहिबार
एकै दिनमा पाँच हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता
२०८३ बैसाख ३१, बिहिबार
शिक्षामन्त्री र विश्व बैङ्कका देशीय निर्देशक डेभिड सिस्लेनबीच भेटवार्ता
२०८३ बैसाख ३१, बिहिबार
शीघ्र सेवा प्रवाहमा परराष्ट्रमन्त्रीको जोड
२०८३ बैसाख ३१, बिहिबार
बेइजिङमा ट्रम्प–सी संवाद, सहकार्यसँगै द्वन्द्वको चेतावनी
२०८३ बैसाख ३१, बिहिबार