कार्तिक १६, २०८३ सोमबार November 2, 2026

प्रभावकारी सेवा प्रवाहका माध्यमबाट मुलुकलाई प्रगतिको मार्गमा अग्रसर गराऔं : राष्ट्रपति

प्रविधि र ‘स्मार्ट’ सेवा प्रवाहका माध्यमबाट कर्मचारीतन्त्रले नागरिकको मन जित्नुपर्नेमा जोड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, १ असारः राष्ट्रपति रामचन्द्र पौडेलले सुशासनका माध्यमबाट प्रभावकारी सेवा प्रवाह गरी देशलाई प्रगतिको मार्गमा अग्रसर गराउनु आजको आवश्यकता भएको बताउनुभएको छ ।

लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित समारोहमा उहाँले जनताको विकासको चाहना पूरा गर्नु अहिलेको आवश्यकता भएको बताउनुभयो ।

राष्ट्रपति पौडेलले भन्नुभयो, “सङ्घीय लोकतान्त्रिक गणतन्त्रका लागि बलिदान गरेका जनताको चाहना मुलुकको चौतर्फी विकास हो । अभीष्ट पूरा गर्न आधुनिक समयमा हाम्रो राज्य संयन्त्रलाई समयानुकूल, अझ जनमुखी, सेवामुखी, प्रविधिमैत्री र परिणाममुखी बनाउन आवश्यक छ ।”

स्वउत्प्रेरित, अनुशासित, आचरणशील, नैतिकवान्, जिम्मेवार तथा राष्ट्रप्रति समर्पित कर्मचारीले यो भूमिकालाई परिणामुखी बनाउन सक्ने विश्वास व्यक्त गर्दै राष्ट्रपतिले प्रविधि र ‘स्मार्ट’ सेवा प्रवाहका माध्यमबाट कर्मचारीतन्त्रले नागरिकको मन जित्नुपर्नेमा जोड दिनुभयो ।

संविधानले अङ्गीकार गरेको समावेशी लोकतन्त्रको मर्मअनुरुप स्थापित योग्यता प्रणालीको रक्षा गर्नु र यसको जगलाई अझ मजबुत बनाउनु पर्ने खाँचो औँल्याउँदै राष्ट्रपतिले भन्नुभयो, “आयोगप्रतिको भरोसा एवं यसले अवलम्बन गरेका सिद्धान्त र प्रणालीका कारण परिश्रमि युवाले लोकतान्त्रिक शासन व्यवस्थामा आफ्नो भविष्य सुरक्षित देख्न पाएको यथार्थलाई हामीले बिर्सन हुँदैन । विगतमा हासिल गरको अनुभव, ज्ञानसँगै विश्वव्यापीरुपमा विकसित यससम्बन्धी सिद्धान्त र प्रणालीको अध्ययनका आधारमा आफ्ना कामलाई भविष्यमा अझ परिस्कृत गर्न आयोगले योगदान गर्ने ठानेको छु ।”

लोकसेवा आयोगको कार्यक्षेत्र विस्तारसँगै आफ्ना कार्य सम्पादनलाई प्रविधिमैत्री, वैज्ञानिक, व्यवस्थित र गुणस्तरीय बनाउँदै भावी योजना निर्धारण गर्नुपर्ने चुनौती कायम छ भन्दै राष्ट्रपति पौडेलले वार्षिकोत्सवको क्षणमा विगतको कामका समीक्षा गरी योजना तर्जुमा गर्न सुझाव दिनुभयो ।

उहाँले राज्य सञ्चालनमा आवश्यक सरकारी निकायमा स्थायी सरकारका रुपमा रहने योग्य कर्मचारी छनौट गर्ने संवैधानिक जिम्मेवारी पाएको लोकसेवा आयोगले साढे सात दशकको अवधिमायोग्यता, निष्पक्षता र स्वच्छताको मूल सिद्धान्तका जगमा रहेर प्रभावकारी तवर काम गरेकामा आयोगको सराहना गर्नुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
परराष्ट्रमन्त्री खनाल र बेलायती राजदूत फेनबीच भेटवार्ता
२०८३ कार्तिक १६, सोमबार
सुनकोशी-मरिण आयोजनाको ठेक्का प्रक्रिया तत्काल अघि बढाउन प्रधानमन्त्री कार्यालयको निर्देशन
२०८३ कार्तिक १६, सोमबार
त्रिवि पुनरावेदन आयोगको अध्यक्षमा डा. बुर्लाकोटी नियुक्त
२०८३ कार्तिक १६, सोमबार
राष्ट्रियसभा अध्यक्ष र स्वीस नेसनल काउन्सिलका अध्यक्षबीच शिष्टाचार भेटवार्ता
२०८३ कार्तिक १६, सोमबार
सभामुख र स्विट्जरल्यान्डको राष्ट्रिय परिषद्का अध्यक्षबीच भेटवार्ता
२०८३ कार्तिक १६, सोमबार
Minister Dr Timilsina holds extensive discussion on Integrated Postal Office issues
२०८३ कार्तिक १६, सोमबार
राष्ट्रपति पौडेलसँग स्विट्जरल्यान्डको राष्ट्रिय परिषद्का अध्यक्ष पेजको भेट
२०८३ कार्तिक १६, सोमबार