भाद्र ३१, २०८३ बुधबार September 16, 2026

उपराष्ट्रपतिसँग रुसी महासङ्घका राजदूतको शिष्टाचार भेटवार्ता

नेपाल र रुसबिचको द्विपक्षीय सम्बन्धका विविध आयाममा सौहार्दपूर्ण संवाद

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि रुसी महासङ्घका आवासीय राजदूत एलेक्सी भ्लादिमिरोबीच सुरोभत्सेभले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

उपराष्ट्रपतिको कार्यालयमा आज भएको उक्त भेटवार्तामा उहाँहरुबीच नेपाल र रुसबिचको द्विपक्षीय सम्बन्धका विविध आयाममा सौहार्दपूर्ण संवाद भएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ । सो अवसरमा उपराष्ट्रपति यादवले सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नेपाल र रुसी महासङ्घबिच मैत्रीपूर्ण एवं सौहार्दपूर्ण सम्बन्ध रही आएकोप्रति सन्तोष व्यक्त गर्नुभयो ।

उपराष्ट्रपति यादवले यसै वर्ष दुई राष्ट्रबिच कूटनीतिक सम्बन्धको ७०औँ वर्ष पूरा हुँदै गरेको प्रसङ्ग उल्लेख गर्दै पारस्परिक सम्मान, समझदारी र मित्रताको अटुट बन्धनमा आधारित सम्बन्धलाई नेपालले सगौरव स्मरण गर्न चाहेको बताउनुभयो । उहाँले नेपाललाई सोभियत सङ्घ कालदेखि मानव संसाधन विकास, पर्यटन, औद्योगिक तथा यातायात पूर्वाधारका क्षेत्रमा रुसले गरेको सहयोग प्रशंसनीय रहेको बताउनुभयो ।

सो अवसरमा राजदूत सुरोभत्सेभले नेपाल–रुस सम्बन्धलाई अझ बलियो बनाउन निरन्तर सहयोग रहने बताउनुभयो । उहाँले रुस नेपाललाई जलविद्युत्, कृषि, चिकित्सा तथा भौतिक पूर्वाधारलगायत क्षेत्रमा सहयोग गर्न इच्छुक रहेको उल्लेख गर्नुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गर्ने सर्वदलिय निर्णय
२०८३ भाद्र ३१, बुधबार
ठूला चाडपर्वमा उपभोग्य वस्तुको अभाव नहुने
२०८३ भाद्र ३१, बुधबार
बाढीप्रभावितलाई विद्युत् सेवामा राहत दिने ऊर्जामन्त्रीको घोषणा
२०८३ भाद्र ३१, बुधबार
पाठ्यक्रम परिमार्जनका लागि रचनात्मक सुझाव सङ्कलन
२०८३ भाद्र ३१, बुधबार
‘डिजिटल पार्लियामेन्ट प्लेटफर्म’ को परीक्षण सुरु
२०८३ भाद्र ३१, बुधबार
परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट
२०८३ भाद्र ३१, बुधबार
चलचित्र क्षेत्रको विकासका लागि आवश्यक सहयोग गर्न सरकार तयार छः सञ्चारमन्त्री डा तिमिल्सिना
२०८३ भाद्र ३१, बुधबार