श्रावण ३१, २०८३ आइतबार August 16, 2026

जनमत टाढिनुका कारणबारे गम्भीर समीक्षा गर्नुपर्छः महासचिव पोखरेल

जनमतमा आएको परिवर्तनको वस्तुनिष्ठ समीक्षा गरेर मात्रै वामपन्थी आन्दोलनलाई नयाँ आधारमा पुनर्गठन गर्न सकिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौ, ३१ साउनः नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले जनमत वामपन्थी शक्तिबाट टाढिनुको कारणबारे गम्भीर समीक्षा गर्नुपर्ने समय आएको बताउनुभएको छ ।

समाजवाद अध्ययन केन्द्र नेपालद्वारा आज काठमाडौँमा आयोजित ‘वामपन्थी आन्दोलन अब के गर्ने ? राष्ट्रिय बहस !’ विषयक कार्यक्रममा महासचिव पोखरेलले जनमत आफूहरूबाट टाढिनुको कारण पहिचान गरी त्यसको गम्भीर समीक्षा गर्नुपर्ने बताउनुभयो । उहाँले कम्युनिष्ट पार्टीकै नेतृत्वमा सरकार हुँदाहुँदै पनि सरकारबाट अपदस्थ हुनुपरेको यथार्थलाई गम्भीरतापूर्वक विश्लेषण गर्नुपर्ने धारणा राख्नुभयो ।

“कम्युनिष्ट पार्टीकै नेतृत्व रहेको बेला सरकारबाट अपदस्थ हुनुपरेको छ, यो यथार्थलाई गम्भीर समीक्षा नगरी वामपन्थी आन्दोलनलाई पुनर्गठन गर्न सम्भव छैन”, उहाँले भन्नुभयो ।

महासचिव पोखरेलले नेपालमा वामपन्थी आन्दोलनले लामो समयदेखि राजनीतिक नेतृत्व गर्दै आए पनि पछिल्लो समय कमजोर हुँदै जानु सामान्य विषय नभएको बताउनुभयो । उहाँका अनुसार नेपालमा वामपन्थी आन्दोलनले छ प्रधानमन्त्री र २१ मुख्यमन्त्री जन्माइसकेको छ । यस्तो राजनीतिक प्रभाव भएको आन्दोलन कमजोर हुनुको कारण खोजी गर्नुपर्ने उहाँको भनाइ थियो ।

“नेपालको कम्युनिष्ट आन्दोलन सामान्य थिएन”, महासचिव पोखरेलले भन्नुभयो । उहाँले विगतका राजनीतिक अभ्यास, जनतासँगको सम्बन्ध तथा जनमतमा आएको परिवर्तनको वस्तुनिष्ठ समीक्षा गरेर मात्रै वामपन्थी आन्दोलनलाई नयाँ आधारमा पुनर्गठन गर्न सकिने बताउनुभयो ।

कार्यक्रममा नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष घनश्याम भुसाल, नेकपाका नेता शक्तिबहादुर बस्नेत, एमाले नेता कर्ण थापा, राष्ट्रियसभाका सदस्य गणेश विकलगायत नेताहरूको सहभागिता थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाली कांग्रेसद्वारा पार्टीका सदस्यहरुलाई विपदमा परेकाको उद्धारमा जुटन निर्देशन
२०८३ श्रावण ३१, आइतबार
त्रिविको BIT प्रवेश परीक्षाको नतिजा केही घण्टामै सार्वजनिक
२०८३ श्रावण ३१, आइतबार
बिपी, गणेशमानजस्ता नेतालाई निजीकरण गरी घरभित्र कैद गर्नुहुँदैनः सभापति थापा
२०८३ श्रावण ३१, आइतबार
इरानद्वारा अमेरिकी सैनिक मार्ने वा पक्रने व्यक्तिलाई ३० हजार डलर इनामको घोषणा
२०८३ श्रावण ३१, आइतबार
टप एण्ड टी–२० सिरिज खेल्ने नेपाल ‘ए’ टिमको बिदाइ
२०८३ श्रावण ३१, आइतबार
खोटाङमा स्थानीय तहको सङ्ख्या र सीमा हेरफेरसम्बन्धी छलफल सुरु
२०८३ श्रावण ३१, आइतबार
कांग्रेस संस्थापन इतर पक्षले आयोजना गरेको तीन दिने राष्ट्रिय सम्मेलन सम्पन्न
२०८३ श्रावण ३१, आइतबार