भाद्र २६, २०८३ शुक्रबार September 11, 2026

बाढीमा बेपत्ता पाँच न्यूजिल्याण्ड नागरिकको खोजी उच्च प्राथमिकतामा : प्रधानमन्त्री शाह

बाढीपछि बेपत्ता न्यूजिल्याण्डका नागरिकको खोजी तीव्र पार्न प्रधानमन्त्री शाहको प्रतिबद्धता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि बेपत्ता भएका विदेशी नागरिकको खोजी कार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ।

शुक्रबार न्यूजिल्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनसँग भएको टेलिफोन संवादका क्रममा प्रधानमन्त्री शाहले बाढीपछिको खोज तथा उद्धार, राहत र पुनःस्थापनाका लागि भइरहेका प्रयासबारे जानकारी गराउनुभएको हो। उहाँले विशेषगरी पाँच न्यूजिल्याण्ड नागरिकसहित बेपत्ता विदेशी नागरिकको खोजीमा भइरहेका प्रयासबारे समकक्षी लक्सनलाई अवगत गराउनुभयो।

वार्ताका क्रममा प्रधानमन्त्री शाहले नेपाललाई न्यूजिल्याण्ड सरकारले उपलब्ध गराएको २० लाख न्यूजिल्याण्ड डलर बराबरको मानवीय सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभयो। साथै, जलवायु परिवर्तनका कारण नेपाल विपद्को उच्च जोखिममा रहेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय मञ्चमा क्षति तथा नोक्सानीका लागि आवश्यक वित्तीय स्रोत जुटाउन न्यूजिल्याण्डको सहयोगको अपेक्षा व्यक्त गर्नुभयो।

न्यूजिल्याण्डका प्रधानमन्त्री लक्सनले भने नेपालमा आएको विनाशकारी बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै न्यूजिल्याण्ड सरकार र जनताको तर्फबाट नेपाली नागरिकप्रति समवेदना तथा ऐक्यबद्धता प्रकट गर्नुभयो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
ब्रिक्स शिखर सम्मेलनमा पुटिन र सी भारतमा
२०८३ भाद्र २६, शुक्रबार
वन्यजन्तु अपराध नियन्त्रणमा क्षेत्रीय सहकार्य आवश्यक: परराष्ट्रमन्त्री खनाल
२०८३ भाद्र २६, शुक्रबार
प्रधानमन्त्री वालेनले उद्योगी व्यवसायीहरूसँग गरे छलफल
२०८३ भाद्र २६, शुक्रबार
आईडब्लुएस बास्केटबल : संस्कृति र प्रिमियर फाइनलमा
२०८३ भाद्र २६, शुक्रबार
सुनचाँदीको मूल्य ह्वात्तै घट्यो
२०८३ भाद्र २६, शुक्रबार
विद्युतीय कारमा आगलागी, जलेर एक जनाको मृत्यु
२०८३ भाद्र २६, शुक्रबार
बाढीमा बेपत्ता पाँच न्यूजिल्याण्ड नागरिकको खोजी उच्च प्राथमिकतामा : प्रधानमन्त्री शाह
२०८३ भाद्र २६, शुक्रबार