बागमती, ९ असोज : भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्र्तगत मकवानपुर जिल्लामा शनिबारका लागि तय गरिएको प्रदेशसभा क्षेत्रीय र प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनको मिति परिवर्तन गरिएको छ ।
पार्टी अधिवेशनका लागि जिल्ला निर्वाचन अधिकृत अधिवक्ता राजकुमार उप्रेतीले आज सूचना जारी गर्दै मौसम पुर्वानुमान महाशाखाद्वारा जारी सूचना एवम् नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिको असोज ८ गतेको प्रेस विज्ञप्ती समेतको आधारमा मकवानपुरमा पार्टीको भोलि शनिबार हुने भनिएका प्रदेश सभा क्षेत्रीय अधिबेशन असोज १३ गते र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन असोज १४ गते गरिने जानकारी दिनुभयो ।
वर्षाको सम्भावनालाई दृष्टिगत गरी पार्टीको शनिबार हुने भनिएका प्रदेश सभा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशका निर्वाचन कार्यक्रमहरू अन्य जिल्लाहरूमा पनि सारिएको छ । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया