श्रावण १४, २०८२ बुधबार July 30, 2025

राजा सहितको प्रजातन्त्र ल्याउन पुनः रथयात्रा शुरू गर्ने राप्रपाको निर्णय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः राष्ट्रिय प्रजातन्त्र पार्टीले दिपावली लगत्तै धार्मिक रथयात्रा शुरू गर्ने निर्णय गरेको छ ।

आईतबार धुम्बाराहीमा बसेको राप्रपा केन्द्रिय विभागीय प्रमुख तथा पदाधिकारीहरूको संयुक्त बैठकले धार्मिक रथयात्रा शुरू गर्ने निर्णय गरेको हो ।

संयुक्त बैठकले रथयात्रा सम्पन्न हुन बाँकी रहेका जिल्लाहरूमा ‘राष्ट्रिय स्वाभिमान यात्रा’ तिहार लगत्तै पुनः सुरु गर्ने निर्णय गरेको पार्टी प्रवक्ता भुवन पाठकले बताएका छन् ।

बैठकले आगामी मंसिर १४ गते हुने तीनवटै तह (प्रतिनिधी सभा, राष्ट्रिय सभा र स्थानिय निकाय) को उपनिर्वाचनको तयारी बारे विस्तृत रूपमा समीक्षा गरेको छ ।

यसैगरी विभाग र समितिहरूलाई पन्ध्र दिन भित्र पूर्णता दिन र कार्ययोजना यथाशिध्र तयार गर्न निर्देशन दिने उक्त बैठकले निर्णय गरेको प्रवक्ता भुवन पाठकले जारी गरेको विज्ञप्तीमा जनाइएको छ ।

हिन्दु राष्ट्रको पुनःस्थापना, राजा सहितको प्रजातन्त्र लगायतका विभिन्न २२ बुँदे माग पूरा गराउन दबाब सिर्जना गर्ने, आफ्ना मागका सम्बन्धमा जनमत बनाउने, जनतालाई जागरुक गर्ने उद्देश्य अनुरूप राप्रपाले स्वाभिमान यात्रा सञ्चालन गर्दै आइरहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
वनमन्त्री शाही नर्वेमा उच्चस्तरीय कार्यक्रममा व्यस्त
२०८२ श्रावण १५, बिहिबार
मितव्ययी बन्दै प्रधानमन्त्री कार्यालय, घट्यो खर्च
२०८२ श्रावण १४, बुधबार
नेपाल ओलम्पिक कमिटीको तदर्थ कमिटी छिट्टै : मन्त्री चौधरी
२०८२ श्रावण १४, बुधबार
संसद् र सांसदहरू अन्तर्राष्ट्रिय सहकार्यलाई सुदृढ पार्ने साधन पनि हो : सभामुख
२०८२ श्रावण १४, बुधबार
एन्फा यु–१६ युथ लिग : एपिएफ र श्री भगवतीको बराबरी
२०८२ श्रावण १४, बुधबार
एथलेटिक्स सङ्घमा राजीव विक्रम शाह पुन: निर्वाचित
२०८२ श्रावण १४, बुधबार
विश्वकप टेबलटेनिसको दक्षिण एसियाली छनोट च्याम्पियनसिप छनोट सुरु
२०८२ श्रावण १४, बुधबार