कार्तिक ११, २०८३ बुधबार October 28, 2026

पब्लिक क्याम्पस संघ अध्यक्षमा सञ्जेल निर्वाचित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । नेपाल पब्लिक क्याम्पस संघको केन्द्रीय अध्यक्षमा शिवराज सञ्जेल निर्वाचित भएका छन्। आइतबार सम्पन्न संघको ११औं महाधिवेशनबाट प्रतिस्पर्धी शत्रुघ्न प्रसाद गुप्तालाई पराजीत गर्दै सञ्जेल अध्यक्षमा निर्वाचित भएका हुन्।

नवनिर्वाचित अध्यक्ष सञ्जेल त्रिवि सिनेटर तथा ललितपुरस्थित जनभावना क्याम्पसका क्याम्पस प्रमुख हुन्। देशभरका ५ सय ३२ सामुदायिक क्याम्पसहरुको छाता संस्था नेपाल पब्लिक क्याम्पस संघको अधिवेशनबाट ४३ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको छ।

समितिको उपाध्यक्षमा डा। अम्बु भवानी कार्की, प्रदिप कुमार कटुवाल र रामभक्त सिग्देल निर्वाचित भएका छन ।

त्यसैगरी, महासचिवमा मुक्तिराम पाण्डे, उप महासचिवद्वयमा नारायणप्रसाद पौडेल र गोविन्दबहादुर कार्की तथा कोषध्यक्षमा सुरेन्द्र अधिकारी निर्वाचित भएका छन् ।

नवनिर्वाचित अध्यक्ष सञ्जेलका अनुसार प्रदेश संयोजकहरूमा प्रदेश १ वाट सुदूरपश्चिम प्रदेशसम्ममा क्रमशः रमेशचन्द्र रोक्का, प्रभु राउत पटेल, सागरमणि तिवारी, महाप्रसाद हडखले, मित्रलाल न्यौपाने, वकिल बस्नेत र जगदीश भट्ट निर्वाचित भएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
PM Balendra Shah Visits Rabi Lamichhane’s Residence for Lengthy Talks
२०८३ कार्तिक ११, बुधबार
दीपेन्द्रको विस्फोटक अर्धशतकमा सुदूरपश्चिम रोयल्सको पहिलो जित
२०८३ कार्तिक ११, बुधबार
एन्फा घोटाला प्रकरण : अध्यक्ष र महासचिवलाई जनही ५ लाख धरौटीमा छाड्न आदेश
२०८३ कार्तिक ११, बुधबार
शिक्षामन्त्री पोखरेलसँग स्वीट्जरल्याण्डका राजदूत ड्यानीएलको शिष्टाचार भेट
२०८३ कार्तिक ११, बुधबार
मङ्गलसेन–ग्रामीण सडकको ठेक्का तोडियो
२०८३ कार्तिक ११, बुधबार
सरकार बेलगाम फाँसीवादतर्फ अग्रसर भइरहेको अध्यक्ष ओलीको गम्भीर आरोप
२०८३ कार्तिक ११, बुधबार
नाइजेरियामा बन्दुकधारीको आक्रमणमा कम्तीमा ६२ जनाको मृत्यु
२०८३ कार्तिक ११, बुधबार