असोज १४, २०८३ बुधबार September 30, 2026

प्रदेश ३ को लोक सेवा आयोग अध्यक्षमा सुरेशमान श्रेष्ठ सिफारिस

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । प्रदेश ३ को लोकसेवा आयोगको अध्यक्ष नियुक्तिका लागि पूर्वसचिव सुरेशमान श्रेष्ठलाई सिफारिस गरिएको छ । मुख्यमन्त्री डोरमणि पौडेल संयोजकत्वको सिफारिस समितिले श्रेष्ठलाई अध्यक्ष नियुक्त गर्न सिफारिस गरेको हो ।

अध्यक्ष र सदस्य नियुक्तिका लागि सिफारिस गर्न मुख्यमन्त्री पौडेलको संयोजकत्वमा सभामुख सानुकुमार श्रेष्ठ र प्रमुख विपक्षी दलका नेता इन्द्रबहादुर बानियाँ सदस्य रहेको समिति गठन गरिएको थियो ।

सो समितिले अध्यक्षमा श्रेष्ठलाई सिफारिस गरे पनि महिलासहित अन्य दुई सदस्यको नियुक्तिको सिफारिस भने गरेको छैन । श्रेष्ठसहित अन्य दुई सदस्यको नियुक्ति कहिले हुन्छ भन्ने पनि टुंगो लागिसकेको छैन । आयोगका अध्यक्ष र सदस्यहरुको नियुक्ति प्रदेश प्रमुखले गर्ने व्यवस्था छ ।

अध्यक्षमा सिफारिस श्रेष्ठले ३२ वर्षसम्म निजामती सेवामा बिताएका छन् । उनी श्रम तथा रोजगार मन्त्रालयको सचिवसमेत बनेका थिए । लमजुङको दुराडाँडामा २०१५ साल जन्मिएका श्रेष्ठ २०४१ सालमा नेपाल सरकारको शाखा अधिकृतबाट निजामती सेवामा प्रवेश गरेका थिए । हाल काठमाडौंको गोंगबु बस्दै आएका श्रेष्ठले एमएससी र एमपीए गरेका छन् ।

प्रदेश लोक सेवा आयोग गठन भइसकेपछि प्रदेशलाई आवश्यक कर्मचारीको भर्ना छनौट गर्ने बाटो खुल्ने छ ।

अध्यक्ष र सदस्यको लागि ४ आवश्यक योग्यता तोकिएका छन् । मान्यताप्राप्त विश्वविद्यालयबाट स्नातकोत्तर उपाधि प्राप्त गरेको हुनुपर्ने, नियुक्ति हुँदाका बखत कुनै राजनीतिक दलको सदस्य नरहेको हुनुपर्ने छ । यसैगरी पैंतालिस वर्ष उमेर पूरा भएको र उच्च नैतिक चरित्र भएको हुनुपर्ने छ ।

आयोगका सदस्यमध्ये एक जना बीस वर्ष वा सोभन्दा बढी कुनै सरकारी सेवामा रहेको हुनुपर्ने व्यवस्था छ । त्यस्तै बाँकी सदस्यहरू विज्ञान, प्रविधि, कला, साहित्य, कानून, जनप्रशासन, समाजशास्त्र वा राष्ट्रिय जीवनका अन्य क्षेत्रमा शोध, अनुसन्धान, अध्यापन वा अन्य कुनै महत्वपूर्ण कार्य गरी ख्याति प्राप्त गरेको हुनुपर्छ । प्रदेश लोकसेवा आयोगका पदाधिकारीको सेवा अवधि ६ वर्ष तोकिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुलिस क्लबलाई लगातार दोस्रो जित, खैरा पञ्जाब ३-१ ले पराजित
२०८३ असोज १४, बुधबार
कांग्रेस महाधिवेशन तयारीमा जुट्यो देउवा समूह, ७७ जिल्लामा निर्वाचन अधिकृत
२०८३ असोज १४, बुधबार
विजय माझी पुरुष कायाक एकलको फाइनल चरणमा प्रवेश
२०८३ असोज १४, बुधबार
प्रधानमन्त्री राहत कोषमा १६ अर्ब १५ करोडभन्दा बढी मौज्दात
२०८३ असोज १४, बुधबार
लोककल्याणकारी विज्ञापनको दर निर्धारण वैज्ञानिक र विधिसम्मत : सञ्चारमन्त्री डा तिमिल्सिना
२०८३ असोज १४, बुधबार
गाजामा मानवीय सङ्कट जारी, वेस्ट ब्याङ्कको अवस्था चिन्ताजनक: राष्ट्रसङ्घ
२०८३ असोज १४, बुधबार
सभापति पराजुलीले लिए सभामुख समक्ष शपथ
२०८३ असोज १४, बुधबार