असोज ७, २०८३ बुधबार September 23, 2026

ललितपुरमा भेटिएको शंकास्पद वस्तु सेनाले हटायो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । ललितपुरको पाटनस्थित गावाहलमा शनिबार बिहान भेटिएको शंकास्पद वस्तु सेनाले हटाएको छ।

ललितपुर महानगरीय प्रहरी परिसर प्रमुख एसएसपी टेकप्रसाद राईका अनुसार मंगलबजार र पुलचोकबीचमा पर्ने सडकमा राखिएको शंकास्पद वस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले केहीबेरअघि सुरक्षित रूपमा हटाएको हो।

‘मेटासिडको भाँडोमा टेप बेरेर बमजस्तो बनाएर राखिएको वस्तु रहेछ,’ एसएसपी राईले भने, ‘समाजमा त्रास फैलाउन कसैले त्यस्तो गरेको देखियो।’

आज बिहान ८ बजे शंकास्पद वस्तु देखिएको भन्दै स्थानीयले प्रहरीलाई खबर गरेका थिए। त्यसलगत्तै ललितपुर प्रहरी परिसरबाट डीएसपीको नेतृत्वमा प्रहरी टोली गएर त्यो वस्तु भेटिएको स्थानलाई सुरक्षित राखेको थियो।

‘त्यसपछि हामीले नेपाली सेनाको बम डिस्पोजल टोलीलाई खबर गर्यौं,’ एसएसपी राईले भने, ‘सेनाले सुरक्षित रूपमा त्यसलाई निष्क्रिय पार्ने क्रममा बम नभएको पुष्टि भयो।’

कुनै पनि शंकास्पद वस्तु देखिएपछि प्रहरी आफैंले जोखिम नलिने उनले बताएका छन। उनले भने, ‘हामी त्यसलाई सुरक्षित ढंगले निष्क्रिय पार्न सेनाको सहयोग लिन्छौं।’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
हाकुवासीको पीडाः भूकम्पले उठिबास, बाढीले सर्वनाश
२०८३ असोज ७, बुधबार
साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत
२०८३ असोज ७, बुधबार
परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावासको अवलोकन
२०८३ असोज ७, बुधबार
‘यम्वो द्यो’ ठड्याएर भक्तपुरमा इन्द्रजात्रा सुरु
२०८३ असोज ७, बुधबार
परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशङ्करबीच भेटवार्ता
२०८३ असोज ७, बुधबार
एमालेको केन्द्रीय कमिटी बैठक बस्दै
२०८३ असोज ७, बुधबार
२८ वर्षमा यती एयरलाइन्सले एक वर्षमै नौ लाख यात्रुलाई दियो हवाई सेवा
२०८३ असोज ७, बुधबार