असोज १९, २०८३ सोमबार October 5, 2026

पत्रकारदेखि चिकित्सकसम्मका लागि जागिर खुल्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । पत्रकारितादेखि चिकित्सा विज्ञानसम्मका विषय अध्ययन गरेकाहरूका लागि सरकारले विभिन्न पदमा जागिरको अवसर दिएको छ । सरकारका निकायहरूले शुक्रबार खुला विज्ञापन आह्वान गर्दै स्थायी सेवाका लागि विज्ञापन आह्वान गरेका हुन् ।

नेपाल टेलिभिजनले ९७ जना जनशक्ति माग गरेको छ । सरकारी लगानीको यो टेलिभिजनले वरिष्ठ समाचार सम्पादकदेखि प्रशासनतर्फका सहायकसम्ममा जनशक्ति माग गरेको हो ।

नेपाल टेलिभिजनले शुक्रबार एक सूचना प्रकाशित गर्दै ०७६ फागुन १ गतेसम्म दरखास्त दिने आह्वान गरेको छ ।

त्यस्तै जागिरका लागि आकर्षक मानिने नेपाल आयल निगम लिमिटेडले पनि शुक्रबारै स्थायी सेवाका लागि कर्मचारी आह्वान गरेको छ । निगमले तह ८ को प्रबन्धकदेखि बाउजर अपरेटरसम्मका ४८ पदमा कर्मचारी मागेको हो ।

उता, शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारीले पनि स्थायी सेवाका लागि चिकित्सकको दरखास्त आह्वान गरेको छ । केन्द्रले रजिष्टार कार्डियाक सर्जरी, सर्जरी कार्डियोलोजी, वरिष्ठि स्टाफ नर्सलगायत पदमा दरखास्त आह्वान गरेको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महाधिवेशन सार्ने तयारीमा नेकपा, २३ असोजको बैठकमा मिति टुंग्याउने
२०८३ असोज १९, सोमबार
शैक्षिक क्षेत्रका व्यक्तित्वलाई सम्मान र पुरस्कार प्रदान
२०८३ असोज १९, सोमबार
दुर्गा प्रसाईंलाई महान्यायाधिवक्ताको कार्यालयमार्फत सर्वोच्चमा झिकाउन आदेश
२०८३ असोज १९, सोमबार
नुवाकोटका विद्यालयको पुनःस्थापनामा प्याब्सनको ६ लाख १९ हजार राहत सहयोग प्रदान
२०८३ असोज १९, सोमबार
प्रधान सेनापति सिग्देल बेलायत प्रस्थान
२०८३ असोज १९, सोमबार
रास्वपा सभापति रवि र अस्ट्रेलियाका राजदूत साइमन जर्जबीच भेटवार्ता
२०८३ असोज १९, सोमबार
इन्टर्न चिकित्सक डिल्ली हरिजन पुनःआमरण अनसनमा
२०८३ असोज १९, सोमबार