असोज ९, २०८३ शुक्रबार September 25, 2026

अत्यावश्यक कामबाहेक विदेश नजान सरकारको आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । सरकारले कोरोना भाइरसको सम्भावित संक्रमणबाट बच्न अत्यावश्यक अवस्थामा बाहेक नेपालीहरुलाई विदेश नजान आग्रह गरेको छ। परराष्ट्र मन्त्री ज्ञवालीले वैदेशिक रोजगारमा पनि अहिले नजान आग्रह गरेका छन्।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सोमबार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा भने, ‘अत्यावश्यक अवस्थामा बाहेक अध्ययन, घुमफिरका लागि विदेश नजान अनुरोध गर्दछौँ।’

उनले तत्काल विद्यार्थीहरुलाई नो अब्जेक्सन लेटर पनि नदिइने जानकारी दिएका छन। मन्त्री ज्ञवालीले विवाहजस्ता उत्सव पनि परिवारका सीमित सदस्यमाझ मात्र गर्न आग्रह गरेका छन्।

मन्त्री ज्ञवालीले खरिपाटीमा बनाइएको क्वारेन्टाइन सेन्टरलाई नियमित राख्ने जानकारी पनि पत्रकार सम्मेलनमा दिएका छन।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया