कठमाडौं । काठमाडौं प्रहरीले अवैध रुपमा लुकाइराखेको आठ ट्रक सर्जिकल मास्क प्रहरीले बरामद गरेको छ। काठमाडौं सतुंगलको दुईटा घरमा रहेको गोदामबाट प्रहरीले सो मास्क बरामद गरेको हो।
ती दुई गोदाममा प्रहरीले आइतबार अपरान्ह सिल गरेको थियो। आज बिहान सिल खोलेर गोदामभित्र हेर्दा आठ लाख ४० हजार मास्क फेला परेको काठमाडौं महानगरिय प्रहरी परिष्सरका प्रवक्ता होविन्द बोगटीले जानकारी दिएका छन। प्रहरीको टोली चन्द्रागिरी नगरपालिका १० विष्णुदेवीमा रहेको गोदामबाट ती मास्क बाहिर निकालेको हो। ती मास्क रोहित श्रेष्ठको घरमा रहेको गोदाममा १७५ वटा बोरामा थियो।
चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरीको रोहवरमा गोदाम खोलेर मास्क बाहिर निकालिएको हो। बरामद गरिएको मास्क महानगरीय प्रहरी परिसर टेकु लगिएको छ। त्यहिँ लगेर मास्क गणना गरिने प्रवक्ता बोगटीले जानकारी दिएका छन।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया