असोज ९, २०८३ शुक्रबार September 25, 2026

कोरोना भाइरसविरुद्ध अमेरिकाले उत्पादन गरेको खोपको आज परीक्षण गरिँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । विश्वभर महामारीका रूपमा फैलिरहेको कोरोना भाइरसविरुद्ध अमेरिकाले उत्पादन गरेको खोपको सोमबार परीक्षण गरिँदै छ।

बायोटेक्नोलोजी कम्पनी मोडेर्ना थेराप्युटिक्स र नेसनल इन्स्टिच्युट अफ हेल्थले संयुक्त रूपमा उत्पादन गरेको खोपको सोमबार परीक्षण (क्लिनिकल ट्रायल) सुरु गर्न लागिएको अमेरिकी स्वास्थ्य अधिकारीले जानकारी दिएका छन्।

उनीहरूका अनुसार स्वस्फूर्त रूपमा तयार भएका व्यक्तिलाई यो खोप दिइनेछ। यो परीक्षण खोप लिन ४५ जना स्वतःस्फूर्त रूपमा तयार भइसकेका छन्।

समाचार संस्था एपीका अनुसार अमेरिकाको नेसनल इन्स्टिच्युट अफ हेल्थले कोरोना भाइरसविरुद्ध खोप परीक्षणको व्यवस्था मिलाएको छ।

एमआरएनए-१२७३ नाम दिइएको खोपको परीक्षण सियाटलस्थित वासिङ्गटन हेल्थ रिसर्च इन्स्टिच्युटमा गरिने समाचारमा जनाइएको छ।

अमेरिकी स्वास्थ्य अधिकारीका अनुसार खोपको ‘साइड इफेक्ट’ कस्तो हुन्छ भन्ने थाहा पाउन परीक्षण गर्न लागिएको हो।

यस खोपले भाइरसको संक्रमणबाट जोगाउने वा रोगविरुद्ध लड्ने क्षमता बढाउने अनुसन्धानकर्ताले दाबी गरेका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया