असोज १०, २०८३ शनिबार September 26, 2026

एसईईलगायतका सबै परीक्षा स्थगित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । सरकारले कोरोना भाइरसको प्रकोप रोकथाम तथा तथा नियन्त्रणका लागि भन्दै भोलि (बिहीबार) देखि सुरु हुने माध्यामिक शिक्षा परीक्षा (एसईई) रोकेको छ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिका संयोजकसमेत रहेका उपप्रधान एवं रक्षामन्त्री तथा ईश्वर पोखरेलले एसईई लगायतका सबै परीक्षा हालका लागि स्थगित गरिएको बताएका छन।

‘एसईई लगायतका सम्पूर्ण परीक्षा स्थगित गरिएको छ’, उपप्रधानमन्त्री पोखरेलले भने, ‘पठनपाठन लगायतका सबै शैक्षिक गतिविधिहरु रोकिएको छ।’

यसअघि बुधबार दिउँसो बसेको समितिको बैठकले अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आग्रह गरेको थियो।

सामाजिक तथा सांस्कृतिक र अन्य त्यस्तै कार्यहरु हुने पार्टी प्यालेस, मठमन्दिर, चर्च, गुम्बा, मस्जिदजस्ता धार्मिक स्थलहरुमा २५ जना भन्दा बढी मानिसलाई भेला हुन बन्द गर्ने निर्णय पनि सरकारले गरेको छ। सरकारले गरेका यी निर्णयको पालना भए नभएकोबारे प्रदेश र स्थानीय तहले अनुगमन गर्ने बताइएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया