बैसाख २१, २०८३ सोमबार May 4, 2026

स्वास्थ्य सामग्री खरिद प्रक्रियामा प्रश्न उठाउने लेखाप्रमुख कारागार विभागमा सरुवा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । स्वास्थ्य सामग्री खरिद प्रक्रियामा प्रश्न उठाउने स्वास्थ्य सेवा विभागका लेखाप्रमुखलाई सरकारले कारागार विभाग सरुवा गरेको छ।

१५ दिनअघि मात्र स्वास्थ्य सेवा विभागमा सरुवा भएका लेखाप्रमुख केशव प्रसाईंलाई मंगलबार राति कारागार विभाग डिल्लीबजार सरुवा गरिएको हो।

उनले स्वास्थ्य सामग्री खरिद प्रकरणमा प्रश्न उठाएपछि रातारात सरुवा गरिएको बुझिएको छ।

स्वास्थ्य मन्त्रालयले गत सोमबार स्वास्थ्य विभागलाई पत्र लेखेर ४० करोड २२ लाख बराबरको स्वास्थ्य सामग्री खरिद गर्न टेन्डर सूचना जारी गर्न निर्देशन दिएको थियो। मन्त्रालयको पत्र आएपछि विभागको व्यवस्थापना शाखाले आर्थिक प्रशासन शाखासँग राय मागेको थियो।

तर, आर्थिक प्रशासन शाखाका उपसचिव प्रसाईंसहितले मन्त्रिपरिषद्ले नै गभर्नमेन्ट टु गभर्नमेन्ट (जिटुजी) प्रक्रियाबाट खरिद गर्ने निर्णय गरेकोले त्यस्तै सामग्री खरिद गर्न अर्को टेन्डर खोल्न नहुने राय दिएको थियो ।

त्यसपछि प्रसाईंलाई कारागार विभाग सरुवा गरिएको छ। उनी कारागार विभागमा बुधबारदेखि हाजिर भएका छन्। प्रसाईँ १५ दिनअघिमात्र स्वास्थ्य सेवा विभाग सरुवा गरिएका थिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कृत्रिम गन्ध प्रविधिबाट मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण प्रयास
२०८३ बैसाख २१, सोमबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
२०८३ बैसाख २१, सोमबार
ढोलझ्याम्टाको ताल र साकेला गीतले गुञ्जयमान गाउँबस्ती
२०८३ बैसाख २१, सोमबार
जर्मनीका विदेशमन्त्री र इरानी समकक्षीबिच फोनवार्ता, हर्मुजलाई पुनः खोल्न माग
२०८३ बैसाख २०, आइतबार
‘पर्यटकीय महत्त्व बोकेका क्षेत्रलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको छ’ – मुख्यमन्त्री शाह
२०८३ बैसाख २०, आइतबार
नेपाल सरकारले लिपुलेक सम्बन्धमा भारत र चीनलाई पुनः अवगत गरायो
२०८३ बैसाख २०, आइतबार
अमेरिका–इरान द्वन्द्व अन्त्यका लागि पाकिस्तानी मध्यस्थता प्रयास जारी
२०८३ बैसाख २०, आइतबार