असोज १९, २०८३ सोमबार October 5, 2026

लकडाउन उल्लंघन गर्दै मर्निङवाक गर्ने एक सय १५ जना प्रहरीको नियन्त्रणमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । जिल्ला प्रहरी कार्यालय तनहुँले लकडाउन उल्लंघन गर्ने एक सय १५ जनालाई नियन्त्रणमा लिएको छ ।

सरकारले घोषणा गरेको लकडाउन उल्लंघन गर्दै मर्निङवाक गर्ने र अत्यावश्यक बाहेक बाहिर निस्कने तनहुँको दमौलीबाट एक सय १५ जनालाई नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिएर कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख विनोद सिलवालले बताएका छन । शनिबार र आइतबार प्रहरीले गरेको कारवाहीका क्रममा ठूलो संख्याका दमौलीका स्थानीय बिहान पक्राउ परेका हुन् ।

दिउँसो हिंडडुलमा कमी आएपनि बिहान भने मर्निङवाक गर्नेको संख्या बढेपछि तनहुँ प्रहरी कडा रुपमा उत्रिएको हो ।

शनिबार ४५ को जना र स्थानीयलाई प्रहरी कार्यालयमा केही समय नियन्त्रणमा राखेर छाडिएको थियो । तर आइतबार झन् धेरै निस्केपछि उनीहरुलाई करिब तीन घण्टा नियन्त्रणमा राखे पश्चात फेरि बाहिर ननिस्कने सर्तमा छाडिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख विनोद सिलवालले बताएका छन ।

आइतबार ७० जना लिइएको प्रमुख सिलवालले जानकारी दिएका छन ।

’अब झन कडा बनाउदै जान्छौँ।’ प्रमुख सिलवालले भने ’ लकडाउन उल्लंघन गर्ने लाई कारबाही गर्नेछौँ ।’ कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि आइतबारदेखि तनहुँमा जिल्ला बाहिरबाट तरकारी र फलफूल आयातमा पनि प्रतिबन्ध घोषणा गरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महाधिवेशन सार्ने तयारीमा नेकपा, २३ असोजको बैठकमा मिति टुंग्याउने
२०८३ असोज १९, सोमबार
शैक्षिक क्षेत्रका व्यक्तित्वलाई सम्मान र पुरस्कार प्रदान
२०८३ असोज १९, सोमबार
दुर्गा प्रसाईंलाई महान्यायाधिवक्ताको कार्यालयमार्फत सर्वोच्चमा झिकाउन आदेश
२०८३ असोज १९, सोमबार
नुवाकोटका विद्यालयको पुनःस्थापनामा प्याब्सनको ६ लाख १९ हजार राहत सहयोग प्रदान
२०८३ असोज १९, सोमबार
प्रधान सेनापति सिग्देल बेलायत प्रस्थान
२०८३ असोज १९, सोमबार
रास्वपा सभापति रवि र अस्ट्रेलियाका राजदूत साइमन जर्जबीच भेटवार्ता
२०८३ असोज १९, सोमबार
इन्टर्न चिकित्सक डिल्ली हरिजन पुनःआमरण अनसनमा
२०८३ असोज १९, सोमबार