बैसाख २०, २०८३ आइतबार May 3, 2026

डडेल्धुरामा अलपत्र र विपन्न नागरिकलाई निःशुल्क खाना खुवाउँदै काँग्रेस

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः  लकडाउनका कारण डडेल्धुरा सदरमुकाममा अलपत्र परेका विपन्न नागरिकहरुका लागि नेपाली काँग्रेस डडेल्धुराले निशुल्क खानाको प्रबन्ध गरेको छ ।नेपाली काँग्रेसका जिल्ला सभापति तथा पुर्वप्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा कोरोना महामारीको सन्त्रासका कारण जारी लकडाउनबाट प्रभावित भएर अलपत्र परेका नागरिकहरुका लागि डडेल्धुरा काँग्रेसले निःशुल्क भोजनको प्रबन्ध गरेको हो ।

नेपाली काँग्रेस डडेल्धुराका संस्थापक सभापति समाजवादी विचारक स्व. एनडीप्रकाश चटौतको स्मरणमा शनिबारदेखि एनडीप्रकाश चटौत आपतकालिन चुल्हो सञ्चालनमा ल्याइएको हो । नेपाली काँग्रेस पार्टी कार्यालय किसुनजी भवनमा हाल खाना खान विपन्न मजदुर र सदरमुकाममा अलपत्र परेका ब्यक्तिहरुको भिड लाग्न थालेको छ । शनिबार बेलुकी २२ जना मजदुरले खाना खाएको र आईतबार बिहान ३६ जनालाई खाना खुवाइएको नेपाली काँग्रेस डडेल्धुराका कार्यालय सचिव राम बिष्टले जानकारी दिए ।

सुदूरपश्चिम प्रदेशको एकमात्र संघीय सरकार मातहतको डडेल्धुरा सदरमुकामस्थित डडेल्धुरा अस्पतालमा उपचार गराउन आएका बिरामीहरु, बिभिन्न कामले सदरमुकाम पुग्न बाध्य जिल्लाबासी र सदरमुकाममै खाना पाउन नसकेर अलपत्र परेका नागरिकहरुका लागि लकडाउन अवधीभर निशुल्क खाना खुवाउने हिसाबले आपतकालिन चुल्हो सञ्चालनमा ल्याइएको नेपाली काँग्रेस डडेल्धुराका सभापति तथा सुदूरपश्चिम प्रदेश सभाका साँसद कर्णबहादुर मल्लले बताए ।

चुल्हो सञ्चालनमा ल्याउन नेपाली काँग्रेस डडेल्धुराले जिल्ला कार्यसमिति सदस्य टंकबहादुर क्षेत्रीको संयोजकत्वमा २१ सदस्यीय सेवा दलसमेत गठन गरेको छ । सेवा दलले भोजनका लागि आवश्यक खाद्यान, नुन, तेल र तरकारी खरिद गर्न आर्थिक व्यवस्थापनका साथै भोका रहेका नागरिकहरुको मागअनुसार भोजन तयार गरेर सुरक्षित रुपमा खुवाउन थालेको छ । कोरोना महामारीको सन्त्रासका कारण सरसफाईमा विशेष ध्यान दिइएको सेवा दलकी सदस्य समाजसेवी पदमा गुरुङले जानकारी दिइन् ।

आपतकालिन चुल्हो सञ्चालन गर्न नेपाली काँग्रेस डडेल्धुराका सभापति तथा प्रदेश सभाका साँसद मल्लले १० क्वीन्टल चामल दान गरेका छन भने सेवा दलका संयोजक क्षेत्रीले दुई क्वीन्टल चामल उपलब्ध गराएका छन । यसैगरि सेवा दलका सदस्यहरुले समेत एक क्वीन्टलका दरले चामल उपलब्ध गराउनुका साथै अन्य खाद्य सामाग्रीका लागि श्रोत जुटाउने छन । नेपाली काँग्रेस डडेल्धुराले यसअघि डडेल्धुराका सातओटै स्थानीय तहमा मास्क, सेनेटाईजर, थर्मल गन, पीपीई र राहातका लागि खाद्यान वितरण गरिसकेको छ ।

कोरोना महामारीका कारण विपद्मा परेका जिल्लाबासीलाई मानवीय सेवाको उदेश्यले सक्दो सहयोग गरिरहेको नेपाली काँग्रेस डडेल्धुराका सभापति तथा साँसद मल्लले बताए । उनले मानव समुदाय संकटमा रहेका बेला ‘सबैलाई प्रेम र स्नेह गर, सबैको सेवा गर’ भन्ने भावनाकासाथ आपतकालिन चुल्हो सञ्चालनमा सहयोग पुगाउन सबैलाई आग्रह गरेका छन । नेपाली काँग्रेस डडेल्धुराले निशुल्क भोजनको ब्यवस्था गरेसँगै डडेल्धुरा सदरमुकामस्थित अपि अस्पतालमा समाजसेवी प्रकाशबहादुर साँउदले एक सय ब्यक्ति बस्नसक्ने गरि आईसोलेसन कक्ष निर्माण गरेर सुत्ने प्रबन्ध गरेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
ढोलझ्याम्टाको ताल र साकेला गीतले गुञ्जयमान गाउँबस्ती
२०८३ बैसाख २१, सोमबार
जर्मनीका विदेशमन्त्री र इरानी समकक्षीबिच फोनवार्ता, हर्मुजलाई पुनः खोल्न माग
२०८३ बैसाख २०, आइतबार
‘पर्यटकीय महत्त्व बोकेका क्षेत्रलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको छ’ – मुख्यमन्त्री शाह
२०८३ बैसाख २०, आइतबार
नेपाल सरकारले लिपुलेक सम्बन्धमा भारत र चीनलाई पुनः अवगत गरायो
२०८३ बैसाख २०, आइतबार
अमेरिका–इरान द्वन्द्व अन्त्यका लागि पाकिस्तानी मध्यस्थता प्रयास जारी
२०८३ बैसाख २०, आइतबार
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
२०८३ बैसाख २०, आइतबार
चैत १२ गते अगाडि सार्वजनिक निकायमा नियुक्त पदाधिकारी स्वतः पदमुक्त
२०८३ बैसाख २०, आइतबार