असोज ७, २०८३ बुधबार September 23, 2026

भक्तपुर नगरपालिकाका ६९ जनाको कोरोना परीक्षणको नतिजा नेगेटिभ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः भक्तपुर नगरपालिकाका ६९ जनाको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।

भक्तपुर नगरपालिकामा पहिलो पटक स्थानिय व्यक्तिमै कोरोनो देखिएपछि नगरपालिकाका जनप्रतिनिधि, सफाई कर्मचारी र स्वास्थ्य कर्मचारीको कोरोना परीक्षण गराउने क्रममा ६९ जनाको परीक्षणको रिपोर्ट नेगेटिभ आएको हो ।

नगरपालिका भित्र भक्तपुर भेलुखेल ५ का व्यक्तिलाई पहिलो संक्रमति देखिएको थियो । उनी वस्ने टोलका ४० भन्दा बढी भक्तपुर नगरपालिकाका सफाई कर्माचरी छन् । त्यसपछि भने नगरपालिकाले पीसिआर विधि वाट परीक्षण गरेको थियो ।

१ सय ४३ जनाको परीक्षण भएकोमा आज बिहानसम्ममा ७० जनाको रिपोर्ट आएको भक्तपुर नगरपालिका-९ का वडाध्यक्ष रविन ज्याख्वले जानकारी दिएका छन् । शुक्रबार नगरपालिकाकी एक महिला सदस्यको रिपोर्ट भने पोजेटिभ आएको थियो । अन्यको रिर्पोट भने आऊने क्रममा छ । संत्रमित महिलाको पाटन अस्पतालमा उपचार भइरहेको छ ।
ज्याख्वका अनुसार नगरपालिकामा ४६ जनप्रतिनिधि, १६० सफाइ कर्मचारी र ४१ स्वास्थ्य कर्मचारी रहेका छन् । । परीक्षण गर्न बाँकी रहेकाको परीक्षण गर्ने क्रम चलिरहेको उनले बताए । नगरपालिकाका जनप्रतिनिधि, सफाई कर्मचारी र स्वास्थ्य कर्मचारीको कोरोना परीक्षणका लागि स्वाब संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका लागि पठाइएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
हाकुवासीको पीडाः भूकम्पले उठिबास, बाढीले सर्वनाश
२०८३ असोज ७, बुधबार
साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत
२०८३ असोज ७, बुधबार
परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावासको अवलोकन
२०८३ असोज ७, बुधबार
‘यम्वो द्यो’ ठड्याएर भक्तपुरमा इन्द्रजात्रा सुरु
२०८३ असोज ७, बुधबार
परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशङ्करबीच भेटवार्ता
२०८३ असोज ७, बुधबार
एमालेको केन्द्रीय कमिटी बैठक बस्दै
२०८३ असोज ७, बुधबार
२८ वर्षमा यती एयरलाइन्सले एक वर्षमै नौ लाख यात्रुलाई दियो हवाई सेवा
२०८३ असोज ७, बुधबार