भाद्र २, २०८३ मंगलबार August 18, 2026

कोरोना भाइरसको सङ्क्रमणबाट नेपाल बाहेक विश्वभर १२५ नेपालीको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणका कारण शनिवार (६,जुन २०२०)को साँझसम्म विदेशमा एक सय २५ जना नेपालीहरूको कोरोनाका कारणले निधन भएको छ ।

गैर आवासीय नेपाली सङ्घले विदेशमा नेपालीहरूको मृत्यु र सङ्क्रमणको दर उल्लेख्य रूपमा कमी आएको र सङ्क्रमण दर गत साताभन्दा ७५ प्रतिशतले कमी भएको छ ।

गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) का अनुसार यो साता विदेशमा छ जना नेपालीको कोरोनाबाट मृत्यु भएको छ भने पाँच हजार पाँच सय ९० जना सङ्क्रमण मुक्त भएका छन् ।

गैर आवासीय नेपाली सङ्घ स्वास्थ्य समितिका संयोजक डा. संन्जिव सापकोटाका अनुसार सो साता कतारमा चार जना, कुवेतमा एक जना, युकेमा एक जना गरी छ जनाले कोरोना भाइरसको कारणले ज्यान गुमाएका छन् ।

सङ्घ अन्तर्गतको स्वास्थ्य समितिले सङ्कलन गरेको तथ्यांकअनुसार विश्वका ३४ देशमा रहेका नेपालीहरू कोरोना भाइरसबाट प्रभावित भएका छन् ।

१३ देशमा रहेका नेपालीहरूको ज्यान गएको छ । कोरोना भाइरसका कारण बेलायत, संयुक्त राज्य अमेरिका, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्यान्ड, जापान, टर्की, नेदरल्याण्डस्, र स्विडेनमा रहेका नेपालीको मृत्यु भएको छ ।

संयोजक डा.सापकोटाका अनुसार विदेशमा मात्र १४ हजार चार सय ५४ जना नेपालीमा सङ्क्रमण गैर आवासीय नेपालीहरू कोरोनाबाट सङ्क्रमित भएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया