भाद्र २, २०८३ मंगलबार August 18, 2026

भारतीयको आक्रमणबाट ६ जना सशस्त्र प्रहरी घाइते, दुईको अवस्था गम्भीर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँः नेपाल भारत सीमामा खटिएको सशस्त्र प्रहरी र भारतीय नागरिकबीच झडप हुँदा ६ जना सशस्त्र प्रहरी घाइते भएका छन् ।

नवलपुर पश्चिम जिल्लाको सीमावर्ति प्रतापुर गाउँपालिका स्थित बसैयामा सयाैं संख्यामा रहेका भारतीय नागरिकहरू नेपाल प्रवेश गर्ने क्रममा झडप हुँदा ६ जना सशस्त्र प्रहरी घाइते भएका हुन् ।

भारतबाट एक महिलाले साँझ करिब ६ बजेको समयमा रासायनिक मल ल्याउँदै गर्दा सशस्त्र प्रहरीले रोकेको थियो। त्यसपछि स्थानीय र सशस्त्र प्रहरी बिच विवाद बढ्दै गएपछि भारतीयहरूले शसस्त्र प्रहरीलाई नै ढुंगामुढा गर्न थालेपछि स्थिति नियन्त्रणमा लिन ४ राउन्ड हवाई फायर पनि भएको जिल्ला प्रहरी कार्यालयका एसपी अजय केसीले जानकारी दिएका छन्।

उनीहरूलाई उपचारका लागि परासी स्थित पृथ्वी चन्द्र अस्पतालमा लगिएको छ । घाइते मध्य दुई जना सशस्त्र प्रहरीको अवस्था गम्भीर रहेको जनाइएको छ ।  घाइते भएका सशस्त्र प्रहरी स्थानीय भैरमपुर बेस क्याम्पबाट खटिएका थिए ।

घटनास्थलमा अहिले स्थिति नियन्त्रणमा आइसकेको प्रहरीले जनाएको छ । यस विषयमा भाेलि स्थानीय जनप्रतिनिधिसहितकाे छलफल गरिने बताइएकाे छ।

 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया