भाद्र ३, २०८३ बुधबार August 19, 2026

न्यूरोडका पसल बन्द गराउने क्रममा प्रहरी र व्यापारीबीच झडप

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । न्यूरोड क्षेत्रका पसलहरु प्रहरीले बन्द गराएको छ । लकडाउनको विरोध गर्दै स्थानीय व्यापारी संघको अगुवाइमा केही दिनदेखि सबै खालका पसलहरु खोलिएका थिए ।

तर मंगलबार बिहान प्रहरीले खोलिएका पसलहरु बन्द गराएको हो । त्यसक्रममा प्रहरी र न्यूरोड क्षेत्रका व्यापारीबिच झडपको अवस्था समेत आएको राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले जानकारी दिएका छन् ।

अहिले प्रहरी र स्थानीय व्यापारीबिच छलफल भइरहेको छ । न्यूरोड क्षेत्रमा मंगलबार बिहानैदेखि प्रहरीको तैनाथी बढेको छ ।

सरकारले लकडाउनको विकल्प नदिएको भन्दै व्यापारीहरुले जेठ २२ गतेदेखि बिहान ११ बजेसम्म अत्यावश्यक बाहेकका पसल पनि खोल्ने गरेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया