भाद्र २८, २०८३ आइतबार September 13, 2026

कोरोनाको महामारीमा विभिन्न देशमा अलपत्र ६ हजार चार सय नेपाली स्वदेश फर्किए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । कोरोनाको महामारीमा विभिन्न देशमा अलपत्र परेर रहेका ६ हजार चार सय नेपाली स्वदेश फर्किएका छन् ।

सोमबारसम्म कुवेत, बहराइन, पाकिस्तान, बंगलादेश, जापान, अष्ट्रेलिया, दुबई, मलेसिया, म्यानमार, माल्दिभ्स, थाइल्यान्ड, सिंगापुर, साउदी अरेबिया, ओमन, अफगानिस्तानलगायत देशबाट ६ हजार चार सय ७९ जना नेपाल फर्किएका हुन् ।

उनीहरूलाई उपत्यकाका विभिन्न ठाउँमा निर्मित होल्डिङ सेन्टरमा स्वास्थ्य परीक्षण र तथ्यांक संकलनपछि क्वारेन्टाइन, होटेल क्वारेन्टाइन र सम्बन्धित जिल्लातर्फ पठाउने गरिएको छ ।

करिब तीन सयजना उपत्यकाभित्र रहेका विभिन्न होटेल क्वारेन्टाइनमा राखिएका छन् ।

आर्थिक हिसाबले सबल भएकाहरू भने होल्डिङ सेन्टरबाट सीधै होटेल क्वारेन्टाइनमा जाने गरेका छन् ।

बाँकीलाई स्थानीय तहले व्यवस्थापन गरेका क्वारेन्टाइनमा पठाउने गरिएको छ ।

नेपाली सेनाको उपत्यका पृतनाका अनुसार सोमबारसम्म होल्डिङ स्पेसमा आएकामध्ये प्रदेश १ का एक हजार तीन सय २३ रहेका छन् ।

त्यसैगरी प्रदेश २ का सात सय ७२, बागमती प्रदेशका दुई हजार दुई सय २१, गण्डकी प्रदेशका सात सय ७७ जना रहेका छन् ।

त्यसैगरी प्रदेश ५ का एक हजार ४८, कर्णाली प्रदेशका एक सय २२, सुदूरपश्चिम प्रदेशका एक सय ७७ जना रहेको नेपाली सेनाले जनाएको छ ।

विमानस्थलमा उत्रिएपछि उनीहरूलाई प्रदेशअनुसार होल्डिङ सेन्टरमा पुऱ्याइन्छ ।

‘संक्रमणको सम्भावना देखिएका र बिरामीसँग आएकाहरूलाई सीधै क्वारेन्टाइनमा राखेर कोरोना परीक्षण गरेर मात्रै जिल्ला पठाइन्छ,’ कर्णेल सानुकाजी थापाले भने, ‘बाँकीलाई होल्डिङ स्पेसमा दुई–तीन घन्टासम्म राखेर उनीहरूको रुचिअनुसार नै क्वारेन्टाइनमा पठाइरहेका छौँ ।’

सरकारले प्रदेश १ र २ लागि भक्तपुरमा, कर्णाली र सुदूरपश्चिम प्रदेशका लागि ललितपुरमा र अन्य प्रदेशका लागि काठमाडौंका विभिन्न पार्टी प्यालेसमा होल्डिङ सेन्टर बनाएको छ ।

प्रदेश १ लागि भक्तपुरको सूर्यविनायकस्थित इम्पेरियल बैंक्वेट र प्रदेश दुईका लागि राधेराधेस्थित हेरिटेज पार्टी प्यालेसमा होल्डिङ सेन्टर बनाइएको छ ।

यी दुवै पाँच–पाँच सय क्षमताका हुन् ।

यस्तै, ललितपुरको ग्वार्कोस्थित मण्डला पार्टी प्यालेसलाई कर्णाली र सुदूरपश्चिम प्रदेशका लागि होल्डिङ सेन्टर बनाइएको छ ।

महालक्ष्मीको डिभाइन पार्टी प्यालेस र धोबीघाटको सिद्धार्थ पार्टी प्यालेस पनि तयारी अवस्थामा छन् ।

यस्तै, काठमाडौंमा बागमती प्रदेशका लागि पानस र यती पार्टी प्यालेस, गण्डकी प्रदेशका लागि स्काई जोन र प्रदेश ५ का लागि मण्डला पार्टी प्यालेसलाई होल्डिङ सेन्टर बनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
ब्रिक्स सम्मेलन : विश्व अर्थतन्त्र र भू–राजनीतिक तनावबीच सहकार्यको खोजी
२०८३ भाद्र २८, आइतबार
विश्वव्यापी आपूर्ति दबाबबीच सिरियामा इन्धनको मूल्य बढ्यो
२०८३ भाद्र २८, आइतबार
सिंहदरबारबाट कक्षाकोठासम्मः समयसापेक्ष शिक्षा नीति आवश्यक
२०८३ भाद्र २८, आइतबार
मध्यपूर्वमा तनाव बढ्दा साउदी अरबको सुरक्षा चुनौती गहिरिँदै
२०८३ भाद्र २८, आइतबार
लोककल्याणकारी विज्ञापनको रकम कटौती नगर्न सुझाव कार्यदलद्धारा अध्यक्ष ओलीलाई ध्यानाकर्षणपत्र
२०८३ भाद्र २८, आइतबार
सुत्केरी बिदा ६ महिना बनाउन प्रतिनिधिसभामा सार्वजनिक महत्वको प्रस्ताव दर्ता
२०८३ भाद्र २८, आइतबार
ब्रिक्सको प्रभाव र सहकार्य विस्तार गर्न राष्ट्रपति सीद्वारा पाँच प्रस्ताव
२०८३ भाद्र २८, आइतबार