भाद्र २८, २०८३ आइतबार September 13, 2026

चितवनमा थप पांँच जनामा कोरोना पुष्टि, २२ संक्रमित डिस्चार्ज

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

चितवन । चितवनमा गरिएको परीक्षणमा थप पाँचजनामा कोरोना भाइरस (कोभिड –१९) संक्रमण पुष्टि भएको छ ।

अस्पतालले दिएको जानकारीअनुसार चितवनको कालिका नगरपालिका ३ का ३९ वर्षीय पुरुष, तनहुँको देवघाट गाउँपालिका ५ का २३ वर्षीय पुरुष छन् । यस्तै नवलपुरको गैंडाकोट नगरपालिका १ की ३३ र ५१ वर्षीया दुई महिला र गैंडाकोट नगरपालिका १२ की ५६ वर्षीया महिलामा कोरोना पुष्टि भएको हो ।

मंगलबार भरतपुरको कोभिड १९ परीक्षण प्रयोगशालामा १२१ वटा नमुना परीक्षण गरिएकामा पाँचजनामा कोरोना पोजेटिभ देखिएको हो । अन्य ११६ जनाको रिपोर्ट भने नेगेटिभ आएको छ ।

यसैबीच मंगलबारै भरतपुर अस्पतालमा उपचारपछि २२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । उनीहरूमा १४ दिनपछि लक्षण नदेखिएकालाई टेस्ट नगरी डिस्चार्ज गर्न अस्पताललाई दिइएको निर्देशनका आधारमा डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विश्वव्यापी आपूर्ति दबाबबीच सिरियामा इन्धनको मूल्य बढ्यो
२०८३ भाद्र २८, आइतबार
सिंहदरबारबाट कक्षाकोठासम्मः समयसापेक्ष शिक्षा नीति आवश्यक
२०८३ भाद्र २८, आइतबार
मध्यपूर्वमा तनाव बढ्दा साउदी अरबको सुरक्षा चुनौती गहिरिँदै
२०८३ भाद्र २८, आइतबार
लोककल्याणकारी विज्ञापनको रकम कटौती नगर्न सुझाव कार्यदलद्धारा अध्यक्ष ओलीलाई ध्यानाकर्षणपत्र
२०८३ भाद्र २८, आइतबार
सुत्केरी बिदा ६ महिना बनाउन प्रतिनिधिसभामा सार्वजनिक महत्वको प्रस्ताव दर्ता
२०८३ भाद्र २८, आइतबार
ब्रिक्सको प्रभाव र सहकार्य विस्तार गर्न राष्ट्रपति सीद्वारा पाँच प्रस्ताव
२०८३ भाद्र २८, आइतबार
मुख्यमन्त्री थापाद्वारा चेस ओलम्पियाड खेलाडीलाई बिदाइ
२०८३ भाद्र २८, आइतबार