श्रावण २०, २०८३ बुधबार August 5, 2026

रुकुम पूर्वमा कांग्रेसकी कुसुमदेवी थापा सहित १२ जनाको उम्मेदवारी

नेकपा संयोजक पुष्प कमल दाहाल ‘प्रचण्ड’ मुख्य प्रतिष्पर्धी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

रुकुम पूर्व । आगामी फागुन २१ हुने प्रतिनिधिसभा निर्वाचनका लागि रुकुम पूर्वको एकमात्र निर्वाचन क्षेत्रमा १२ जनाको उम्मेदवारी परेको छ। यस जिल्लाबाट विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले जानकारी दिए।

उनका अनुसार नेपाली कम्यूनिष्ट पार्टीबाट पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ले उम्मेदवारी दर्ता गराएका छन्। यसैगरी नेपाली कांग्रेसबाट कुसुमदेवी थापा र नेकपा (एमाले)बाट लिलामणी गौतमको उम्मेदवारी परेको छ।

यसैगरी राष्ट्रिय जनमोर्चाबाट चन्द्रप्रसाद शाही, नेपाल कम्यूनिष्ट पार्टी (माओवादी)बाट जुद्धबहादुर बुढामगर, मङ्गोल नेशनल अर्गनाइजेसनबाट ज्योती रोका मगर, नेशनल रिपब्लिक नेपालबाट धर्म कुमार बुढा, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रोशन शाह, राष्ट्रिय स्वतन्त्र पार्टीबाट लखनकुमार थापा, प्रगतिशिल लोकतान्त्रिक पार्टीबाट सन्दिप पुन, जनता समाजवादी पार्टीबाट सिरबहादुर बुढा र स्वतन्त्रबाट अमरसिंह पुनको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृत खनालले बताए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला क्रिकेटकी पूर्व उपकप्तान ममता थापा नाइस अवार्डबाट सम्मानित
२०८३ श्रावण २०, बुधबार
त्रिवि अनुदान आयोगको अध्यक्षमा प्रा.डा. खड्ग केसी नियुक्त
२०८३ श्रावण २०, बुधबार
राप्रपा प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने
२०८३ श्रावण २०, बुधबार
प्रतिनिधिसभालाई प्रभावकारी बनाउन कार्यव्यवस्था परामर्श समितिमा छलफल
२०८३ श्रावण २०, बुधबार
नेपालले एक दिवसीय विश्वकप छनोटका लागि प्लेअफ चरणदेखि नै खेल्नुपर्ने
२०८३ श्रावण २०, बुधबार
एनटिभी उपकरण तथा सेवा खरिदबारे छानबिन गर्न गठित समितिद्वारा प्रतिवेदन पेश
२०८३ श्रावण २०, बुधबार
नेपाल ओलम्पिक कमिटीद्वारा समसुद्दिनको विदाइ
२०८३ श्रावण २०, बुधबार