फागुण ६, २०८२ बुधबार February 18, 2026

प्रतिनिधिसभा सदस्य निर्वाचन : सर्लाही जिल्लामा उम्मेदवारी दर्ता गर्नेको संख्या उल्लेख्य

क्षेत्र नं– ४ मा सबैभन्दा धेरै ३९ जनाले उम्मेदवारी दिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सर्लाही । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सर्लाही जिल्लामा उम्मेदवारी दर्ता गर्नेको संख्या उल्लेख्य देखिएको छ। जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा गरी कुल १३९ जनाले मनोनयन दर्ता गराएका छन् ।

निर्वाचन अधिकृतहरुका कार्यालयका अनुसार क्षेत्र नं– १ मा २९ जना, क्षेत्र नं– २ मा ३१ जना, क्षेत्र नं– ३ मा ३४ जना र क्षेत्र नं– ४ मा सबैभन्दा धेरै ३९ जनाले उम्मेदवारी दिएका छन् ।

यसपटक सर्लाहीमा स्वतन्त्र उम्मेदवारको संख्या पनि बाक्लो देखिएको छ । तीमध्ये धेरैजसो राजनीतिक दलका उम्मेदवारहरूले खडा गरेका तथाकथित ‘डमी’ उम्मेदवार रहेको चर्चा छ ।

निर्वाचन आयोगबाट पाइने सवारी साधन प्रयोग, प्रचारप्रसारलगायत सुविधा लिन सजिलो हुने भएकाले यस्ता उम्मेदवार अघि सारिने गरिएको बताइन्छ ।

सर्लाहीमा यस निर्वाचनमा नेपाली कांग्रेसका सभापति गगन कुमार थापा, नेकपाका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, राजेन्द्र महतो, महिन्द्र राय यादव, डा.अमरेश कुमार सिंहजस्ता राष्ट्रिय राजनीतिमा चर्चित नेताहरू चुनावी मैदानमा उत्रिएकाले यहाँको चुनावी नतिजा देशभर चासोको विषय बनेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आगामी निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न हुन्छ : गृहमन्त्री अर्याल
२०८२ फागुण ६, बुधबार
सहारा क्लब ‘आहा रारा पोखरा गोल्डकप’को फाइनलमा
२०८२ फागुण ६, बुधबार
‘भिजन टेन’ नारामा आधारित नेपाली कांग्रेसको प्रतिज्ञापत्र (पूर्णपाठसहित)
२०८२ फागुण ६, बुधबार
युक्रेन–रुस वार्ता जेनेभामा दोस्रो दिन प्रवेश
२०८२ फागुण ६, बुधबार
एन्फा महिला च्याम्पियनसिप : पुलिसलाई हराँउदै आर्मी फाइनलमा
२०८२ फागुण ६, बुधबार
इजरायलद्वारा रमजानमा अल–अक्सा जाने दश हजार प्यालेस्टिनीलाई अनुमति दिने घोषणा
२०८२ फागुण ६, बुधबार
भोजपुरमा तेह्र पक्की पुल निर्माण
२०८२ फागुण ६, बुधबार