श्रावण २०, २०८३ बुधबार August 5, 2026

नयाँ नेतृत्व चयन भएकै कारण अदालतमा जानुको औचित्य छैन : विश्वप्रकाश शर्मा

अब एक ढिक्का भएर पार्टीलाई कसरी अगाडि बढाउने भन्ने बारेमा चिन्तन गर्न नेताहरू लाग्नुपर्नेमा जोड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट कांग्रेसको नयाँ नेतृत्व चयन भएकै कारण विधि मिच्यो भनेर अदालतमा जानुको कुनै औचित्य नभएको बताएका छन्।

नेपाली कांग्रेस गण्डकी प्रदेशको आयोजना र जिल्ला शाखाको व्यवस्थापनमा आज पोखरामा आयोजित ‘निर्वाचन समीक्षा र कांग्रेसको अबको बाटो’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले अब एक ढिक्का भएर पार्टीलाई कसरी अगाडि बढाउने भन्ने बारेमा चिन्तन गर्न नेताहरू लाग्नुपर्नेमा जोड दिए। थापाको नेतृत्वलाई अगाडि बढाउँदै कांग्रेसले आफ्नो कार्ययोजना अघि बढाउनुपर्ने उनको भनाइ थियो।

यस्तै, महामन्त्री प्रदीप पौडेलले निर्वाचनको परिणामलाई समीक्षा गर्दै सच्चिएर जाने मौका मिलेको बताए। उनले पार्टीभित्र सुधार गर्नुपर्ने विषय खोज्नु पर्नेमा जोड दिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला क्रिकेटकी पूर्व उपकप्तान ममता थापा नाइस अवार्डबाट सम्मानित
२०८३ श्रावण २०, बुधबार
त्रिवि अनुदान आयोगको अध्यक्षमा प्रा.डा. खड्ग केसी नियुक्त
२०८३ श्रावण २०, बुधबार
राप्रपा प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने
२०८३ श्रावण २०, बुधबार
प्रतिनिधिसभालाई प्रभावकारी बनाउन कार्यव्यवस्था परामर्श समितिमा छलफल
२०८३ श्रावण २०, बुधबार
नेपालले एक दिवसीय विश्वकप छनोटका लागि प्लेअफ चरणदेखि नै खेल्नुपर्ने
२०८३ श्रावण २०, बुधबार
एनटिभी उपकरण तथा सेवा खरिदबारे छानबिन गर्न गठित समितिद्वारा प्रतिवेदन पेश
२०८३ श्रावण २०, बुधबार
नेपाल ओलम्पिक कमिटीद्वारा समसुद्दिनको विदाइ
२०८३ श्रावण २०, बुधबार