श्रावण २०, २०८३ बुधबार August 5, 2026

राष्ट्रिय एकताको प्रतीकमा गोलवद्ध हुन डा. धवलशम्सेरको आह्वान

भ्रष्टाचारको अन्त्य गर्नु अहिलेको अनिवार्य बाध्यता भएको भनाइ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री डा. धवलशम्सेर राणाले नवयुवा पुस्ताको हितमा सार्थक प्रतिफल प्राप्त गर्ने गरी काम गर्नुपर्नेमा जोड दिएका छन् । उनले आज नयाँ वर्ष २०८३ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा शुभकामना व्यक्त गर्दै राष्ट्रिय एकताको प्रतीकमा गोलवद्ध हुन आह्वान समेत गरेका छन् ।

उनले जारी गरेको शुभकामना सन्देशमा भनेका छन्, ‘पृथ्वीपथको जगमा र स्वदेश नै स्वर्ग भन्ने आदर्शअनुकूल नयाँ वर्ष राष्ट्रिय एकता, आर्थिक विकास र नवप्रवर्तनको कोशेढुंगा बनोस् भन्ने कामना गर्दछु ।’

महामन्त्री राणाले वि.सं. २०८२ को निर्वाचनपछि जनस्तरमा नयाँ आशा पलाएको र सरकारका तर्फबाट पनि केही आशाप्रद प्रयासहरू सुरु भएको उल्लेख गरेका छन् । यद्यपि, सामाजिक रोगको रूपमा झाँगिएको भ्रष्टाचारको अन्त्य गर्नु अहिलेको अनिवार्य बाध्यता रहेको उनको ठहर छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला क्रिकेटकी पूर्व उपकप्तान ममता थापा नाइस अवार्डबाट सम्मानित
२०८३ श्रावण २०, बुधबार
त्रिवि अनुदान आयोगको अध्यक्षमा प्रा.डा. खड्ग केसी नियुक्त
२०८३ श्रावण २०, बुधबार
राप्रपा प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने
२०८३ श्रावण २०, बुधबार
प्रतिनिधिसभालाई प्रभावकारी बनाउन कार्यव्यवस्था परामर्श समितिमा छलफल
२०८३ श्रावण २०, बुधबार
नेपालले एक दिवसीय विश्वकप छनोटका लागि प्लेअफ चरणदेखि नै खेल्नुपर्ने
२०८३ श्रावण २०, बुधबार
एनटिभी उपकरण तथा सेवा खरिदबारे छानबिन गर्न गठित समितिद्वारा प्रतिवेदन पेश
२०८३ श्रावण २०, बुधबार
नेपाल ओलम्पिक कमिटीद्वारा समसुद्दिनको विदाइ
२०८३ श्रावण २०, बुधबार