श्रावण २०, २०८३ बुधबार August 5, 2026

काँग्रेसको एक महिने ‘जरा अभियान’ सुरु

निर्धारित समयभित्र सदस्यता नवीकरण नगर्नेले आगामी महाधिवेशनमा सहभागी हुन नपाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधि गर्ने उद्देश्यले एक महिने ‘जरा अभियान’ सुरु गरेको छ। अभियानको शुभारम्भ पार्टी सभापति गगन कुमार थापाले काठमाडौं महानगरपालिका–३० मा आफ्नै सदस्यता नवीकरण गरेर गरेका हुन्।

यो अभियान वैशाख मसान्तसम्म सञ्चालन हुने जनाइएको छ। पार्टीका अनुसार वडास्तरमै पुगेर सदस्यता नवीकरण गर्ने व्यवस्था मिलाइएको छ, जसले संगठनलाई तल्लो तहसम्म सुदृढ बनाउने लक्ष्य राखिएको छ।

अभियानअन्तर्गत निर्धारित समयभित्र सदस्यता नवीकरण नगर्नेले आगामी महाधिवेशनमा सहभागी हुन नपाउने व्यवस्था गरिएको छ। यसले पार्टीभित्र सक्रिय र अद्यावधिक सदस्यता प्रणाली सुनिश्चित गर्ने उद्देश्य लिएको जनाइएको छ।

सदस्यता नवीकरणपछि पार्टी विधानअनुसार सम्बन्धित वडा कार्यालयमा उपस्थित भएर शपथ लिनुपर्ने प्रावधान पनि अनिवार्य गरिएको छ। पार्टीले यस अभियानलाई संगठन सुदृढीकरण र कार्यकर्ताको सक्रियता बढाउने महत्त्वपूर्ण पहलका रूपमा लिएको जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला क्रिकेटकी पूर्व उपकप्तान ममता थापा नाइस अवार्डबाट सम्मानित
२०८३ श्रावण २०, बुधबार
त्रिवि अनुदान आयोगको अध्यक्षमा प्रा.डा. खड्ग केसी नियुक्त
२०८३ श्रावण २०, बुधबार
राप्रपा प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने
२०८३ श्रावण २०, बुधबार
प्रतिनिधिसभालाई प्रभावकारी बनाउन कार्यव्यवस्था परामर्श समितिमा छलफल
२०८३ श्रावण २०, बुधबार
नेपालले एक दिवसीय विश्वकप छनोटका लागि प्लेअफ चरणदेखि नै खेल्नुपर्ने
२०८३ श्रावण २०, बुधबार
एनटिभी उपकरण तथा सेवा खरिदबारे छानबिन गर्न गठित समितिद्वारा प्रतिवेदन पेश
२०८३ श्रावण २०, बुधबार
नेपाल ओलम्पिक कमिटीद्वारा समसुद्दिनको विदाइ
२०८३ श्रावण २०, बुधबार