मंसिर २५, २०८० सोमबार December 11, 2023

विमानस्थलमा पार्किङ नपाएपछि निगमको जहाज ६५ मिनेटसम्म ट्याक्सी वेमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । त्रिभुवन विमानस्थलको अव्यवस्थित ‘स्लट म्यानेजमेन्ट’को शिकार सोमबार नेपाल एयरलाइन्स र यसका यात्रु बनेका छन् । सोमबार साँझ नयाँ दिल्लीबाट काठमाडौं आएको जहाज पार्किङ वे नपाएपछि १ घण्टा ५ मिनेटसम्म ट्याक्सी वेमा रोकिएको छ । त्यतिन्जेल यात्रु सकसपूर्वक जहाजभित्रै बस्नु परेको थियो ।

नेपाल एयरलाइन्सका अपरेशन विभाग प्रमुख दीपु ज्वार्चनका अनुसार भारतको नयाँ दिल्लीबाट आएको जहाज साँझ ७ः३० मा त्रिभुवन विमानस्थलमा अवतरण गरेको थियो । बिमानस्थलका पार्किङ वे अन्य कम्पनीका जहाजले ओगटेका थिए । सबै पार्किङ वे व्यस्त भएपछि नेपाल एयरलाइन्सको वाइडबडी ए३३० जहाज ६५ मिनेटसम्म ट्याक्सी वै मै रोकियो ।

यो जहाजले ८ः३५ मा मात्र पार्किङ वेमा ठाउँ पाएको थियो । त्यसपछि मात्र यात्रुलाई झारियो । वाइडबडी जहाजले काठमाडौं(दिल्ली उडान करीव १ घण्टामा पुरा गर्छ । अर्थातः अर्कोपटक उडेर दिल्ली पुग्ने समयसम्म यात्रु जहाजभित्रै थुनिनु परेको छ ।

नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्स नेपालमा दर्ता भएका वायुसेवा कम्पनी हुन् । त्रिभुवन विमानस्थल उनीहरुको हव हो । तर, विमानस्थल व्यवस्थापन तथा प्राधिकरणले स्वदेशी कम्पनीलाई नियतवश नै दुख दिने गरेको गुनासो यी कम्पनीका उच्च अधिकारीहरुको आरोप छ ।

‘कुनै समय पुरै पार्किङ वे खाली हुन्छन्, कुनै समय खचाखच,’ निगमका एक अधिकारी भन्छन्, ‘जति जहाज नेपाल आउन खोज्छन्, सबैलाई एकै समयमा उडान अनुमति दिँदा यो समस्या आएको हो ।’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
संघीय संसद सचिवालय महासचिवमा पदमप्रसाद पाण्डेको नाम सिफारिस
२०८० मंसिर २५, सोमबार
एमालेले एकल बहुमत ल्याएर सरकार नबनाएसम्म देश समृद्ध हुँदैन: अध्यक्ष ओली
२०८० मंसिर २५, सोमबार
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट
२०८० मंसिर २५, सोमबार
दुष्प्रचार गरेर जनतालाई भ्रममा पार्ने षड्यन्त्र भइरहेको छ : प्रधानमन्त्री दाहाल
२०८० मंसिर २५, सोमबार
काँग्रेस सभापति देउवाले बोलाए केन्द्रीय कार्यसम्पादन समितिको बैठक
२०८० मंसिर २५, सोमबार
आज बालाचतुर्दशी, पशुपतिनाथ लगायतका शिवालयहरुमा भक्तजनको घुइँचो
२०८० मंसिर २५, सोमबार
कानुन बनाएर मात्रै महिला हिंसा अन्त्य हुँदैन : उपसभामुख रानामगर
२०८० मंसिर २५, सोमबार