श्रावण १२, २०८१ शनिबार July 27, 2024

चक्रपथ विस्तारका लागि चार सय रुख काटिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । उपत्यकाको चक्रपथ विस्तारको क्रममा चार सय रुख काटिएका छन्। चक्रपथ विस्तारका लागि सडक क्लियरिन्स गर्न रुख काटिएको हो। सडक विभागले दशै अगाडिबाट कलंकीबाट रुख काट्न सुरु गरेको थियो।

सरकारले चक्रपथ विस्तारका क्रममा पहिलो चरणमा कोटेश्वरदेखि कलंकीसम्म ८ लेन विस्तार गरेको थियो। दोस्रो चरणमा कलंकीदेखि महाराजगञ्जसम्मको ८.५ किलोमिटर ८ लेन विस्तार सुरु भउको छ। त्यसका लागि रुख काट्ने तथा बिजुलीको पोल हटाउने काम भइरहेको सडक विभागले जनाएको छ।

काठमाडौं चक्रपथ सुधार योजना प्रमुख अमृतमणि रिमालले सडक क्लियरिन्सको लागि तीन महिना लाग्ने बताए। उनका अनुसार कलंकी, बालाजु र चप्पल कारखानाको रुख काटिएको छ। चक्रपथ विस्तारका लागि धोबीखोला पुलसम्म रुख काटिने उनले बताएका छन। उनले काटिएका रुख तस्करी नभएको दाबी गरेका छन। ‘काटेको रुख कसैले लगेका छैनन्,’ उनले भने, ‘हामीले गोठाटारमा लगेर स्टक गरेर राखेका छौँ। काठ चोरी हुँदैन। सुरक्षित ढंगले राखिन्छ।’

सडक विभागका अनुसार चीन सरकारको सहयोगमा चक्रपथ विस्तार गर्न लागिएको हो। चक्रपथ विस्तारमा एक–एक वटा अन्डरपास र ओभरपास बनाउन पनि प्रस्ताव गरिने छ। सडक विभागका प्रवक्ता शिवहरि सापकोटाले चक्रपथ विस्तारका लागि विद्युत पोल हटाउन समस्या भएको बताएका छन। उनका अनुसार महाराजगञ्जबाट गोपीकृष्ण हलसम्म चक्रपथ विस्तारका लागि अहिले चप्पल कारखाना क्षेत्रमा रुख काट्न सुरु भएको छ।

सडक विभाग वैदेशिक सहयोग प्रमुख अर्जुनजंग थापाले फागुनसम्ममा डिजाइनको काम हुने बताए। उनले भने, ‘चीन सरकारको सहयोगमा सडक विस्तार हुने भएकाले उनीहरू आएपछि सबै काम गर्छन्। त्यो समयसम्म रूख काट्ने, बिजुलीको पोल सार्ने लगायत काम लगभग सकिन्छ।’

कलंकीदेखि महाराजगन्जसम्मको चक्रपथ विस्तारमा करिब ६ अर्ब लाग्ने उनको अनुमान छ। सडक विभागका अनुसार चक्रपथमा पर्ने बालाजुको नयाँ बजार चोकमा ओभरपास तथा महाराजगञ्ज चोकमा अन्डरपास बनाउने गरी प्रस्ताव गरिने छ। ८ लेनको चक्रपथमा ओभरपास तथा अन्डरपास भने चार लेनको मात्रै हुने छ। सडक सुरक्षाको लागि मुल सडकको बीचमा डिभाइडर पनि राखिने छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
खार्मीमा अस्थायी प्रहरी चौकी स्थापना
२०८१ श्रावण ११, शुक्रबार
मीरा तामाङको तीजको कोसेली धमाका मच्चाउँछु सार्वजनिक (भिडियो हेर्नुहोस्)
२०८१ श्रावण ११, शुक्रबार
हिल्टन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार
रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन
२०८१ श्रावण ११, शुक्रबार
देशको कमजोर शिक्षा नीतिले साम्राज्यवादी देशलाई मद्दत पुगिरहेको छ : नारायणमान बिजुक्छे
२०८१ श्रावण ११, शुक्रबार
आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा
२०८१ श्रावण ११, शुक्रबार
मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार